नेकपाका जनप्रतिनिधिद्वारा लेटाङको नगरसभा वहिस्कार, कांग्रेसीहरुको रजाइँ
- ३१ असार २०७६, मंगलवार
लेटाङ, माेरङ/ बहुमतकाे वलमा एकतर्फी रुपका कार्यक्रम पास गराउन खाेजेकाे भन्दै लेटाङ नपालिकाका नेकपापक्षधर नगरसभा सदस्यहरुद्वारा नगरअधिवेषन वहिस्कार गरेका छन् ।
५० जना सदश्य रहेकाे नगरसभामा नेपाली काङ्ग्रेसतर्फका मेयरसहित २८ जना सदश्य छन् भने नेकपा उपमेयर सहित २२ जना सदश्य रहेका छन् ।
बहुमतकाे अाडमा उपमेयरकाे अधिकारलाई समेत कटाैति गर्न खाेजेकाेेले अाफूहरुले अधिवेषन वहिस्कार गर्नु परेकाे लेटाङ नपालिकाकी उपमेयर कृष्णकुमारी निराैाले वताईन ।
वहिस्कार पक्षधरले अाफ्ना कुरा राख्न अहिले ४ वजे पत्रकार सम्मेलनकाे अाउाेजना गरेकाे छ ।