समस्यामा परेका महिलाहरुको लागि भरपर्दो आश्रयस्थल बन्दै इटहरीस्थित सेफ हाउस

  • ९ श्रावण २०७६, बिहीबार

इटहरीमा एक बर्षदेखि सञ्चालित सेफ हाउसवाट हालसम्म ७६ जना महिलाले सेवा लिएका छन् ।

इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले दिएको जानकारी अनुसार अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालिन सेवा प्रदान गरिन्छ । १५ दिन सम्म बस्न मिल्ने हाउसमा पुुुर्वका विभिन्न जिल्लाका महिलाले सेवा लिएका छन् ।
सो अवधिमा खानपिन, औषधि उपचार, काउन्सिलिङ प्रदान गरिन्छ । त्यसपछि आफन्त पत्ता लगाएर वुझाउने गरिएको छ । घर जादाँको वाटोखर्च पनि उपमहानगरले दिने गरेको छ ।