मोरङका सबै स्थानीय तहमा छानिए नेकपाका अध्यक्ष र सचिव, कुन स्थानीय तहमा को को ?

परेनन् एकजना पनि महिला

  • ११ श्रावण २०७६, शनिबार

मोरङमा पार्टी एकीकरण प्रकृया अघि बढाउने क्रममा विराटनगर महानगरपालिका सहित ८ वटा स्थानिय तहमा पुर्व माओवादीले अध्यक्ष  र पुर्व एमालेले सचिव तथा ९ वटा स्थानिय तहमा पुर्व एमालेले अध्यक्ष र पुर्व माओवादीले सचिव पाएको छ ।

नेकपा एकता संयोजन समितिको निर्णय अनुसार सबै स्थानीय तहमा अध्यक्ष र सचिव टुंगो लागेको हो।

जिल्लाका १७ वटै स्थानिय तहमा नयाँ चयन भएका अध्यक्ष र सचिवहरुको नामवली 
बेलवारीः अध्यक्ष परशुराम सुवेदी (पुर्वमाओवादी) र सचिव रविन थापा (पुर्वएमाले) ।
सुन्दरहरैचाः अध्यक्ष केदारप्रसाद गुरागाइ (पुर्वएमाले) र सचिव दुष्यन्त भट्टराई (पुर्वमाओवादी)
केरावारी ः अध्यक्ष रामवहादुर कार्की (पुर्वमाओवादी) र सचिव जङग खवास (पुर्वएमाले)।
लेटाङः अध्यक्ष कृष्णप्रसाद लम्साल (पुर्वमाओवादी) र सचिव डिल्ली विक (पुर्वएमाले)।
मिक्लाजुङः अध्यक्ष नरेन्द्र ढुंगेल (पुर्वएमाले) र सचिव दिनेस पौडेल (पुर्वमाओवादी) ।
उर्लाबारीः अग्नि भट्टराई (पुर्वएमाले) र सचिव पदम राई (पुर्वमाओवादी)।
पथरीशनिश्चरेः अध्यक्ष मोहन तुम्वाफो (पुर्वएमाले) र सचिव बालकुमार मगर (पुर्वमाओवादी)।
कानेपोखरीः अध्यक्ष भोला अधिकारी (पुर्वएमाले) र सचिव मनोज राजवंशी (पुर्वमाओवादी)।
ग्रामथानः अध्यक्ष कुमार आचार्य (पुर्वएमाले) र सचिव रमेशकुमार भगत (पुर्वमाओवादी)।
कटहरीः अध्यक्ष जितनारायण सरदार (पुर्वएमाले) र सचिव योगेन्द्र यादव(पुर्वमाओवादी) ।
बुढीगंगाः अध्यक्ष डिल्ली आचार्य (पुर्वमाओवादी) र सचिव ध्यानचन्द्र चौधरी (पुर्वएमाले)।
जहदाः अध्यक्ष राजकुमार यादव (पुर्वमाओवादी) र सचिव धर्वेन्द्र राजवंशी (पुर्वएमाले)।
धनपालथानः अध्यक्ष सुकदेव यादव (पुर्वएमाले) र सचिव श्रवण पासवान (पुर्वमाओवादी)।
रंगेलीः अध्यक्ष दलवहादुर वस्नेत (पुर्वमाओवादी) र सचिव अनिलकुमार पोखरेल(पुर्वएमाले) ।
सुनवर्षी अध्यक्ष जयन्त दास (पुर्वमाओवादी) र सचिव वर्तलाल राजवंशी (पुर्वएमाले) ।
रतुवामाईः अध्यक्ष शिवनारायण राजवंशी(पुर्वएमाले) र सचिव पुष्प कार्की (पुर्वमाओवादी)।

बिराटनगर : टुंगो लाग्न बांँकी

१६ वटा स्थानिय तह कमिटीका लागि १६ अध्यक्ष र १६ सचिव गरी ३२ जना चयन भएकामा एक जना पनि महिला परेका छैनन् अर्थात सबै पुरुष मात्रै  छन् ।