बेलबारी नगरपालिकाद्वारा १८ लाख भन्दा बढीका कृषि सामग्री तथा मेसिनरी वितरण
- १४ श्रावण २०७६, मंगलवार
उत्तम पोख्रेेेल
मोरङको बेलबारी नगरपालिकाले कृषकलाई आधुनिक खेतिमा आकर्षित गर्नका लागि कृषिका यन्त्रिक सामाग्री वितरण गरेको छ ।
मंगलवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ती सामाग्रीहरु वितरण गरेको हो । ४ वटा पावर टिलर , ५ वटा मिनि टिलर, ११ वटा मकै छोडाउने मेज थ्रेसर १६ थान खेतबारी सिचाई गर्ने मोटर तथा पाईप वितरण गरीएको नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदिले बताए ।
नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली, प्रवक्ता सुवेदी लगायतले कृषकहरूलाइ उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । परम्परागत खेतिलाई आधुनिकिरण गर्ने लक्ष्यका साथ औजार वितरण गरिएको उपमेयर पराजुलीले बताईन् ।
बर्षौदेखि परम्परागत खेति गर्दै आएका किसानहरु आधुनिक मेसिन पाउदा खुशी भएका छन् । तरकारी खेति गर्दै आएका बेलबारी २ का रुद्र बहादुर बस्नेतले मिनि टिलर समाउदै भने ‘अब आधुनिक खेति गर्न सहज हुन्छ ।’ बस्नेतले विगत १० बर्ष भन्दा अगाडि देखी तरकारी खेति गर्दै आए पनि उनि सग आधुनिक खतिका लागि चाहिने सामाग्रि भने थिएन ।
प्लाष्टिक हाउस भित्र समेत जोत्न मिल्ने उक्त टिलरबाट टमटर साग लगायतका तरकारी खेति गर्न मिल्ने नगरपालिकाका कृषि शाखाका नायव प्राविधिक सहायक विशाल सिटौलले बताए ।
पावर टिलर हेर्दै प्रशिद्ध कृषि फर्म बेलबारी ७ का अध्यक्ष दल वहादुर विष्टले आफुंँहरुसंग औजार भएपछि कतै पनि खेतबारी बांँझो नहुने बताए । उक्त फर्मले माछा, वाख्रा देखि पुरानै शैलिमा धान रोप्दै आएको थियो । सो फर्मले पावर टिलर लगेको छ ।
नगरपालिकाले यस अघि पनि सिचाईका लागि मोटरहरु वितरण गरेको थियो । १८ लाख ७२ हजार ५ सय ९६ रुपैया वरावरको सामग्री वितरण गरिएको प्रबक्ता सुवेदीले बताए ।