सहारा काण्डमा हर्कमान र शिवलाई दुई महिनासम्म निलम्बन गर्न नेकपाको सिफारिस
- १७ भाद्र २०७६, मंगलवार
मोरङको बेलबारी २ मा अबस्थित सहारा बालग्रामको नाममा रहेको झण्डै डेढ बिघा जग्गा ब्यक्तिलाइ बिक्री गरेको आरोप लागेका पुर्ब सांसद हर्कमान तामाङ र बेलबारी गाबिसका पुर्व अध्यक्ष शिवप्रसाद बराललाई नेकपाद्वारा गठित छानबिन समितिले निलम्बनको सिफारिस गरेको छ ।
सहाराको नाममा रहेको १ बिघा ८ कठठा ३ धुर जग्गा बिक्री भएको सार्बजनिक भएपछि नेकपा बेलबारीका सचिब रबिन थापाको संयोजकत्वमा बनेको छानबिन समितिले मंगलबार एक बिज्ञप्ती जारी गरी दुबैजना दोषी देखिएको र उनीहरुले जग्गा बिक्री गरेको स्वीकार समेत गरेका कारण दुवै जनालाई २ महिना निलम्न गर्न जिल्ला पार्टीमा सिफारिस गरिएको जनाईएको छ ।
नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी र सचिब रबिन थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जग्गा बिक्री प्रकरणमा पार्टीको निति, सिद्धान्त र कार्यक्रमको बिपक्षमा नलाग्न र असामजिक गतिबिधिमा नलाग्न समेत पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।