सहारा वालग्राम बेच्नेहरुलाइ चोख्याइएको भन्दै कांग्रेसको बिरोध, अख्तियार जाने घोषणा

नगरपालिकाको पहलमा सर्वपक्षीय छानविन समिति गठनको माग

  • १८ भाद्र २०७६, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तिमा रहेकाेे सहारा वालग्रामकाे झण्डै डेढ बिघा जग्गा व्यक्तिलाई विक्री गरेको बारे नेकपा बेलबारीद्वारा गठित छानविन समितिको प्रतिवेदनले दोषीलाई उन्मुक्ति दिएकाे भन्दै नेपाली काङ्रेस नगरसमिति बेलबारीले विराेध जनाएकाे छ ।

सहारा काण्डबारे आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी कार्यालय बेलबारीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काङ्रग्रेस नगरसमिति बेलबारी बिरोध जनाएको हो ।

पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस नगर सभापति शम्भू भट्टराई, महासमिति सदस्य महेन्द्र सुवेदी, महाधिवेसन प्रतिनिधि नगेन्द्र कट्टेल लगायत दर्जनौं नेता कार्यकर्ता हरुको सहभागिता थियाे ।

सर्बदलिय छानबिन समिति गठन र सबै सञ्चालक र मतियारहरुलाइ कारबाहीको माग

साहारा बालग्रामको जग्गा बिक्री प्रकरणमा संलग्न ब्यत्तिहरुलाई कानुनी कारबाही गर्न, सर्बदलिय छानबिन समिति गठन र सहाराको सञ्चालक समिति बिघटन गर्न नेपाली कांग्रेलले माग गरेको छ ।
नेपाली कांग्रेस नगर समिति बेलबारीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरेको हो । नगर सभापति शम्भु भट्टराई, सचिब राजेश खत्री,महासमिति सदस्य महेन्द्र सुवेदी,नगेन्द्र जमरकटटेल लगायत  थुप्रै नेता कार्यकर्ताको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जग्गा प्रकरणका मतियारलाई जग्गा फिर्ता गर्ने क्रममा ५० प्रतिशत राजस्व छुट गरी मतियारलाई प्रोत्साहन गर्ने कार्यमा स्थानीय सरकार लागेको भन्दै बिरोध गरिएको  छ ।

पत्रकार सम्मेलनमा वाेल्दै नेपाली काङ्रेस नगर सभापति शम्भू भट्टराईले आफ्ना कार्यकर्तालाई चाेख्याउन गठन गरिएकाे छानविन समिति र त्यसले ल्याएकाे प्रतिवेदन  पार्टीलाई मान्य नहुने बताए । उनले सत्य तथ्य छाानविन  गर्न नगरपालिकाले  सर्वपक्षीय छानविन समिति वनाउनु पर्ने वताए ।

महासमिति सदस्य महेन्द्र सुवेदीले नेपाली काङ्ग्रेसकाे संस्थाकाे जग्गा संस्थाकै नाममा फिर्ता, दाेषीलाई कारबाही, सर्वपक्षीय छानविन समितिकाे गठन लगायतका माग राखेकाेमा पहिलाे माग पूरा भएको र बाँकी माग भने जस्ताकाे तस्तै रहेकाेले अब काङ्रेस यी मागलाई जाेडदार रुपमा लिएर अगाडि वढ्ने वताए ।

कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सहाराको जग्गा काण्डमा ठुलो डिजाइन र चलखेल भएको कुरा अब घाम जत्तिकै छर्लङग भैसकेको छ । संस्थागत रुपमा संलग्नता रहेका हुन् वा ठुलो लाभ लिने गरी मतियारको भुमिकामा रहेका माफियाहरु हुन सबैलाई कारवाही हुनैपर्दछ भन्ने हाम्रो चट्टानी अडान कायम रहने छ भने त्यसका लागि जस्तोसुकै कदम चाल्न पनि हामी हरदम तम्तयार छौं ।’
कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सहाराको जग्गा विक्री काण्डमा संलग्नहरुलाई कारवाही गरेजस्तो देखाउने तर वास्तविकतामा कार्यकर्ता संरक्षण गर्ने गरी निर्णय वाहिर ल्याएको भन्दै त्यसप्रति आपत्ती जनाएको छ । पुर्वसांसद हर्कमान तामाङ र अध्यक्ष शिवप्रशाद बराल मात्रै हैन अरु पनि धेरैको हात रहेको कांग्रेसको दावी छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पनि यो काण्डमा संलग्न तथा सहाराग्राममा बसोबास गरिरहेका परिवारका सदस्यलाई छोड्नुपर्छ भन्दै २८ परिवारका सदस्यहरुलाई मानसिक तनाव दिनेहरुलाई पनि कानुनी र सामाजिक कारवाही हुनुपर्ने कांग्रेसले माग गरेको छ ।

बिज्ञप्तिमा नेकपाका एक नेताले पत्रकारलाई धम्क्याइएको भन्दै भर्त्सना गरिएको छ तर कसले कुन पत्रकारलाई धम्क्याएको भन्ने खुलाइएको छैन ।

काङ्ग्रेसले सो काण्डमा दोषी सहारा सञ्चालक समितिका सबै पदाधिकारी र सहारा विक्री काण्डमा संलग्न मतियारहरुलाई कारबाही गर्नुपर्ने पक्षमा रहेकाे वताएकाे छ ।

काङ्ग्रेसले कार्यसमितिलाई मात्र नभएर सहाराकाे जग्गा खरिद गरेर पछि फिर्ता गर्ने ईटहरीका व्यवसायी डम्बर तामाङमाथि पनि कारबाही हुनुपर्ने माग राखेकाे छ ।

विज्ञप्तिमा सहाराकाे जग्गा फिर्ता गर्दा माफियालाई मालपाेत बापत लाग्ने कर छुट दिइएको विषयमा पनि बिरोध जनाइएको छ ।

लाेहनी कित्तामा रहेकाे सहाराकाे नामकाे जग्गाकाे वारेमा पनि प्रश्न :

पछ्ल्लाे समय सहाराले एउटा कलेज संचालन गर्न भनी लाेहनी कित्तामा प्राप्त भएको जग्गाकाे वारेमा पनि कुरा उठिरहेकाे छ । संस्थाकाे नामकाे जग्गा विक्री वितरण गर्न नपाउने भनेर सर्वत्र विराेध भइरहँदा उक्त जग्गाकाे वारेमा पनि प्रश्नहरु उठ्न थालेका छन् ।

निकै बर्ष अगाडि दाताले दिएको करिब १८ कठ्ठा जग्गा ब्यक्तिलाई फिर्ता गरिएको बिषय कांग्रेसका नेताको नाम जोडेर सार्वजनिक भएपछि सो बिषय चर्चामा छ । नेपाली कांग्रेस बेलबारीका सभापति शम्भु भट्टराईले सो बिषयमा पार्टीले अध्ययन गरिरहेको बताए ।

सहाराकाण्डमा पार्टीका कोही दाेषी देखिए कांग्रेसले कारवाही गर्ने  

सहारा काण्डमा नेकाका मानिसकाे पनि संलग्नता रहेकाे हल्ला र आशंका भैरहदा आफ्ना पार्टीका कुनै कार्यकर्ताको संलग्नता रहेकाे प्रमाणित भए पार्टीले तुरुन्त कारवाही गर्ने भएकाे छ ।

पत्रकारहरुले साेधेकाे जवाफ दिदै नगर सभापति भट्टराईले सहारा काण्डमा यदि आफ्नै पार्टीका मानिस संलग्न भएकाे पाईएमा काङ्ग्रेस उनीहरुलाई तुरुन्तै कारबाही गर्न खुट्टा नकमाउने वताए ।

अख्तियारमा उजुरी दिने घोषणा

सहारा बालग्रामको जग्गा बिक्री प्रकरणमा  अख्तियार  दुरुपयोग अनुसन्धान आयोगमा जाने कांग्रेसले घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तिमा समेत  प्रमाण संकलन गरी केही दिनभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने उल्लेख गरिएको छ ।