केराबारी बजारका चोक चोकमा पहिलोपटक राखिए ठुल्ठुला सीसी क्यामेरा

  • २२ भाद्र २०७६, आईतवार

मोरङको केरावारी गाउँपालिकाले पहिलोपटक सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरेको छ ।

केराबारी बजारको मच्छिन्द्र चो र रोटेपिङ चोकमा सिसि क्यामेरा जडान गरिएको हो  । केरावारी गाउँपालिकाको सहयोगमा केराबारी बजारको मुख्य केन्द्र मछिन्द्र चौक र  इलाका प्रहरी कार्यालय नजिकै रोटेपिङ चोकमा ठुला साइजका सिसि क्यामरा जडान गरिएको हो।

नजिकिँदै गरेको चाडवाडमा बढ्न सक्ने चोरी डकैती नियन्त्रण र शान्ति सुरक्षालाई मजबुत बनाउन सिसि क्यामराको जडान गरिएको केराबारी गाउँपालिका वडा नम्बर  ८ का वडाध्यक्ष मनोज खड्काले बताए ।  जडान गरिएका सीसी क्यामेरा एउटा वडा नम्बर ८ मा र अर्को वडा नम्बर ८ र १० को सिमानामा छन् ।

पहिलो चरणमा गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको र निकट भबिष्यमा  बिभिन्न वडाका सम्बेदनशिल क्षेत्रमा पनि सीसी क्यामेरा जडान गर्ने योजना रहेको वडाध्यक्ष खड्काले बताए ।