सहारा काण्डबारे बेलबारी नगरपालिकाले अनुसन्धान गर्ने, नगरका दुई बर्षे प्रगति सार्वजनिक
- २९ भाद्र २०७६, आईतवार
सुवेदीले बेलबारी नगरपालिकाले २ वर्षभित्रमा केही महत्वपुर्ण र नगरपालिकाका गौरवका योजना पनि सञ्चालन गरेको जानकारी दिएका छन् ।
नगरपालिकाको दुई बर्षे प्रगति सार्वजनिक
कार्यक्रममा २ वर्षमा नगरमा भएका कामहरुको लिपिवद्ध जानकारी पनि प्रस्तुत गरिएको थियो । जसमा विभिन्न दिर्घरोगबाट पिडित १ सय ९५ जनालाई २५ हजारका दरले उपचार खर्च प्रदान गरिएको , खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको, प्लाष्टिक झोला मुक्त घोषणा गरिएको, नगरपालिका गौरवका योजना अन्तर्गत बेलबारी फँडानी सडक डिपिआर निर्माण गरी कालोपत्रे गर्ने क्रममा रहेको, बेलबारी वहुमुखी क्याम्पसको भवन निर्माण भैरहेको, ‘वायो इन्जिनियरिङ’ प्रविधिबाट लोहन्द्रा र चिसाङ खोलाको तटबन्धन कार्य भैरहेको, सिमसार विकासको गुरुयोजना निर्माण भइरहेको जस्ता बिषयमा जानकारी गराइएको थियो ।
फोहोर ब्यबस्थापनका लागि ६ वटा स्थानीय तहले सहकार्य गर्ने
मेयर सुवेदीले फोहोर व्यवस्थापन गर्न छ वटा पालिकाहरुसँग सामुहिक रुपमा प्रयास भैरहेको र विभिन्न सजिला प्रविधिहरुको प्रयोग गर्दै नगर आफैले पनि कार्यक्रम सञ्चालन गर्ने बताए । उनले बेलबारी, लेटाङ, पथरी, कानेपोखरी, केराबारी र सुन्दरहरैंचा मिलेर डम्पिङ साइट बनाइ फोहोर ब्यबस्थापन गर्नेबारे छलफल भइरहेको बताए ।
सुवेदीले संघियताको अभ्यासमा अझैपनि कतिपय प्रकृयाहरुको अस्पस्टता र तीन तहका सरकार विचको असमन्वयका विच पनि नगरपालिकाले सकेसम्म प्रभावकारी कार्यसम्पादन गर्दैै जिम्मेवारी पुरा गर्ने प्रयास गरिरहेको बताए ।
कार्यक्रममा मेयर र प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह सहभागी भएपनि उप मेयर र नगरपालिकाका प्रबक्ताको भने उपस्थिति थिएन । पर्याप्त तयारीबिना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बिराटनगर र पथरी उर्लाबारीसम्मका पत्रकारहरुको पनि उपस्थिति थियो ।