आधा दर्जन सञ्चारकर्मीहरु एकैसाथ सम्मानित

  • ४ आश्विन २०७६, शनिबार

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा शनिबारदेखि शुरु भएको गोल्डकपको उद्घाटन कार्यक्रममा सञ्चार क्षेत्रमा पुर्याएको भन्दै आधा दर्जन सञ्चारकर्मीहरुलाइ  सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बेेेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जनही ५ हजार रुपैयाँ  र सम्मानपत्र सहित उनीहरूलाइ सम्मान गरेका हुन । सम्मानित हुने मिडियाकर्मीहरूमा नरेन्द्र बस्नेत, भक्तशेर लिम्बु, अर्जुनकुमार राई, केशु बिरही, अम्बिका भण्डारी, उत्तम पोख्रेल र बिवेक मिश्र लगायत छन्

। बेलबारी नगरक्षेत्र भित्र रहेर खेलकुद लगायतका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप उनीहरूलाई सम्मान गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले बताए ।