बेलबारीमा पनि शुरु भो स्वास्थ्य विमा कार्यक्रम , यस्ता छन् बीमाका फाइदा

  • ७ आश्विन २०७६, मंगलवार

उत्तम पोख्रेल / बेलबारी नगरपालिकामा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ ।

मंगलबारदेखि बेलबारीमा औपचारिक रूपमा  विमा दर्ता शुभारम्भ भएको हो । मेयर ज्ञानेन्द्र सुवेदीले
बेलबारीका ८८ बर्षिय देवीप्रसाद दाहाल, ८० बर्षिय
लालबहादुर बस्नेत सहित तिनजना जेष्ठ नागरिकलाई स्वास्थ्य विमा दर्ता फारम हस्तान्तरण गर्दै  स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ गरेका हुन् । मेयर सवेदीले समेत शुभारम्भ मै स्वास्थ्य विमा फारम भरेका छन् ।

शुभारम्भ गर्दै मेयर सुवेदीले स्वास्थ्य विमा कार्यक्रमले गरिव तथा असाय परिवारलाई सहयोग पुग्ने बताए । उनले स्वास्थ्य  विमा गर्न सवैलाई आग्रह गरे ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनका लागि पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।  ५ भन्दा वढि १० जनासम्मले प्रति ब्यक्ति थप ७ सय बुझाउनु पर्ने छ । एकै परिवारका १० जना भन्दा वढी सदस्य भए अन्य थप शुल्क लाग्दैन ।
बेलबारीका ११ वटै वडामा एक एक जना दर्ता सहयोगी रहेको नगरपालिका स्वास्थय शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । विमितले मसिर १ गते देखि सेवा पाउने संयोजक विश्वकर्माले बताए । विमितहरुले प्राथमिक स्वास्थ्य केन्द्र बाहुनी तथा पुर्वाञ्चल विश्व बिद्यालय शिक्षण अस्पतालबाट प्रथम सेवा पाउने छन् ।उनले भने त्यहाँ उपचार हुन नसके कोशी अन्चल अस्पताल हाम्रो अस्पताल, नावेल मेडिकल कलेज, विपि कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान सुनसरीबाट सेवा लिन सकिन्छ ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गरेका व्यक्तिहरुले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् ।

सरकारले ७० बर्षमाथिका वृद्ध बृद्दाको एकलाखको स्वास्थ्य बीमा गरिदिएकोले उनीहरूको बीमाका लागि थप शुल्क लाग्दैन ।  त्यसैगरी रातो कार्ड भएका अपांगका परिवारको पनि निशुल्क बीमा गरिएकोले कुनै शुल्क तिर्नु पर्दैन । वृद्धवृद्धालाई १ लाखको बीमाले नपुगे थप १ लाखको बीमा सुबिधा दिइने छ । त्यस्तै स्वास्थ्य स्वयंसेवीको परिवारले स्वास्थ्य बीमाका लागि आधा अर्थात १७५० मात्रै तिर्नुुुपर्छ।
टीबी, एड्स, कुष्ठरोगी सबैको उपचार निशुल्क हुनेभएकोले उनीहरूको बीमा नगरेको भए पनि उपचार हुन्छ ।