क्लब स्तरीय फुटबल : हरैंचालाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो डांँगीहाट फुटबल क्लब

  • ३ कार्तिक २०७६, आईतवार

बेलबारी, मोरङ/ बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको तेश्रो दिनको खेलमा डांँगीहाट फुटवल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेलबारी –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन भएको तेश्रो दिनको खेलमा हरैंचा स्पोटिङ क्लव सुन्दरहरैंचालाई ०–१ ले हराउँदै डाँगीहाट फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेकोे हो ।

सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा संचालन भइरहेको उक्त प्रतियोगिताको मूख्य उद्देश्य भनेको बागदेवी खेलमैदानको स्तरउन्नति गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।

खेल सुरु भएको १ मिनेटमै डाँगिहाट फुटवल क्लवका जर्सी नं ११ शन्तोष मगरले पहिलो गोल गरेका थिए । शन्तोष मगरको उक्त गोल नै डाँगीहाटका लागि सेमिफाइनलमा प्रवेश गर्ने बाटो बनेको थियो ।

कडा प्रतिस्पर्धाविच भएको खेलमा न डाँगीहाटले गोल थप्नसक्यो न हरैंचाले नै कुनै गोल लाउन सक्यो । हरैंचाले कुनै गोल लाउन नसके पछि सन्तोष मगरको एक गोल नै डाँगीहाटलाई सेमिफाइनलमा प्रवेश गर्न काफी भयो ।

शिक्षा सन्देश इ स्कुल बेलबारी २ र बालप्रतिभा इ स्कुल सुन्दरहरैंचा १० मूख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको सेमिफाइन खेल कार्तिक ६ र ७ गते हुनेछ भने फाइनल खेल भने ९ गते शनिवार हुने आयोजक समितिका अध्यक्ष तिर्थबहादुर नेउपानेले जानकारी दिएका छन ।

प्रतियोगितामा डाँगीहाट फुटवल क्लवका शन्तोष मगर मेन अफद म्योच घोषित भए ।

सोमबारको खेल बेलबारी स्पोर्ट क्लव र लेटाङ स्पोटिङ क्लवविच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, सिल्ड तथा प्रमाण पत्र पाउनेछन् भने उपविजेताले रु ३१ हजार सिहल्ड तथा प्रमाण पत्र पाउने छन् ।