कुन प्रदेशमा को बने प्रदेश प्रमुख, थाहा छ ?

  • १८ कार्तिक २०७६, सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेश प्रमुखहरुको छनोट गरे अनुसार सरकारले प्रदेश प्रमुखहरुको टुंगो लगाएको  छ ।

सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि ७ जनालाई प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको थियो  ।

प्रदेश प्रमुख नियुक्त हुनेमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलोनी (डडेलधुरा), विष्णु प्रसाईँ (झापा) र शर्मिला त्रिपाठी (काठमाण्डाै) छन् ।

छनोट गरिएको नामलाई सोमबारको मन्त्रीपरिषदको निर्णयपछि नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  पठाइएको थियो । राष्ट्रपतिले सोमबार नै सबैलाई नियुक्ति दिएकी छिन् ।

आइतबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

नयाँ प्रदेश प्रमुखहरु
प्रदेश १ – सोमनाथ प्यासी
प्रदेश २ – तिलक परियार
प्रदेश ३ – विष्णु प्रसाई
गण्डकी – अमिक शेरचन
प्रदेश ५- धर्मनाथ यादव
कर्णाली – गोबिन्द कलौनी
सुदुरपश्चिम – शर्मिला त्रिपाठी पन्त