शिक्षण अस्पताल निर्माणका लागि धनकुटामा उपयुुक्त ठहरिए तीनवटा जग्गा

  • २६ कार्तिक २०७६, मंगलवार

 चार करोड रुपैयाँको प्रारम्भिक लागतमा पुर्वी पहाडी क्षेत्रकै सबैभन्दा ठूलो शिक्षण अस्पताल बनाउन धनकुटाका तीन स्थानका जग्गा छनौट गरिएको छ ।

धनकुटामा जग्गा सिफारिस गर्न बसेको सर्वपक्षीय सर्वदलिय बैठकले तीन स्थानहरु छनौट गरी सिफारिस गरेको हो ।
अस्पताल निर्माणका लागि रेशम खेती  विकास कार्यक्रमको ४७ रोपनी ,धनकुटाको त्रिवि स्वामित्वमा रहेको सामुदायिक चिकित्सा क्याम्पसको ४७ रोपनी जग्गा र नेपाल ट्रष्टको नाममा रहेको चुलिवनमा अबस्थित १ सय रोपनी जग्गालाई छनोट गरी प्रदेश सरकारलाई सिफारिस गरिएको छ ।
शिक्षण अस्पतालका संरचना नबनुन्जेल कक्षा संचालनका लागि त्रिभुवन विश्व विद्यालयको स्वामित्वमा रही धनकुटा बहुमुखी क्याम्पसले रेखदेख गर्दै आएको सामुदायिक चिकित्सा क्याम्पसका भौतिक संरचना प्रयोग गर्न सिफारिस गरिएको छ ।
प्रदेश सरकारले चालू बर्षको बजेटमा धनकुटामा टिचिङ्ग अस्पालल निर्माण गर्न चार करोड रुपैयाँ बिनियोजन गरिसकेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै धनकुटामा विभिन्न विशेषज्ञ सेवासहितको प्रदेश स्तरीय शिक्षण अस्पताल सञ्चालन गर्न चार करोड रुपैयाँ बजेट विनियोजनको घोषणा गरेका थिए ।
धनकुटामा प्रदेश स्तरीय शिक्षा विकास निर्देशनालय, स्वास्थ्य निर्देशनालय, मुख्य मन्त्रीको सम्पर्क कार्यालय र यातायात सेवा कार्यालय धनकुटामा स्थापना भइसकेका छन्  ।

धनकुटेलीहरुको तर्फबाट प्रदेश सरकार समक्ष ५ सय  बेडको शिक्षण अस्पताल माग गरेको र त्यसका लागि प्रदेश सरकारले बजेट विनियोजन पनि गरेकोले चाँडै कार्यान्वयनमा आउने धनकुटाका सुन्दरबाबू श्रेष्ठले बताए ।

यो पनि ….

चार करोड लागतमा धनकुटामा बन्ने भो शिक्षण अस्पताल, पुर्वी पहाडका जनतालाई ठूलो राहत