६७ पदक सहित नेपाली टिमले जिते नोबेल अन्तर्राष्ट्रिय करांँते प्रतियोगिताको उपाधि

बिजेता नेपालबाट खोटाङ प्रथम, धरान द्वितीय र इटहरी तृतीय

  • ८ मंसिर २०७६, आईतवार

मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाली टीमले जितेका छन् ।

प्रतियोगितामा १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।
त्यस्तै उपबिजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ । यता २ स्वर्ण र ९ कास्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ ।

बिजेता नेपाली टोलीमध्ये खोटाङले सर्वोत्कृष्ट १२ स्वर्ण, ५ रजत र ९ कास्य पदक जितेको छ । धरानले ६ स्वर्ण, १३ रजत र ११ कास्य पदक पाएको छ भने ईटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ ।
प्रतियोगिताको बिजेता नेपालबाट सर्वोत्कृष्ट पदक प्राप्त गर्दै खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।  कुल १५ पदक जित्न सफल ईटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

नाेवेल मेडिकल शिक्षण अस्पताल विराटनगर मूख्य प्रयाेजक रहेकाे उक्त प्रतियाेगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्काका ५२ टिमवीच  ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकका लाागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा ६ सय ५० जना खेलाडी सहभागी थिए । यो कराँते नेपालकै हालसम्मको सर्बाधिक राशी पुरस्कारवाला प्रतियोगिता भएको आयोजकले दाबी गरेका छन् ।

बिजेता टिम तथा खेलाडीहरुलाई नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, प्रतियोगिता आयोजक समिति अध्यक्ष सञ्जय सुवेदी, प्रमुख प्रशिक्षक कुन्ती गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । समापन कार्यक्रममा नाेवेल संचालक प्रमुख डा. सुनिल शर्मा प्रमुख अतिथि रहने भनिए पनि स्वास्थका कारण पिता लाेकनाथ न्याैपानेका दम्पति उपस्थित थिए  ।

साे अवसरमा उत्तरी मोरङमै पहिलोपटक कराँते खेल भित्र्याउने कराँतेका अभियन्ता पूर्व प्रशिक्षक उद्धव सापकाेटा तथा अर्का पुुुर्व प्रशिक्षक महेश श्रेष्ठलाई महेश श्रेष्ठ ‘गेस्ट अब अनर’ को रूपमा सम्मानित  गरिएकाे थियाे ।

समापन समाराेहमा युवा नेता ललित श्रेष्ठ, नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कराते अभियन्ता महेश श्रेष्ठ, उद्धव सापकाेटा, एसएसके सिक्किमका भाईस प्रेसिडेन्ट सेनसाई तारामान गुरुङ लगायतकाे सहभागिता रहेकाे थियाे ।

बेलबारी सितेरियाे कराँते संघका अध्यक्ष सन्जय सुवेदीकाे अध्यक्षतामा संचालन भएकाे प्रतियाेगिताकाे समापन कार्यक्रम जेबी थुलुङले संचालन गरेका थिए ।

बेलबारी नगर सितेरियाे कराँते संघकाे आयाेजनामा बेलबारी नगरपालिका वार्ड नं १ स्थित  तमु बुद्धिष्ट गुम्बामा भएको  नाेवेल अन्तराष्ट्रिय कराते प्रतियाेगिताकाे प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए ।