बेलबारीमा बन्नेभो पार्क सहितको ठुलो जनयुद्ध संग्रहालय
- २१ मंसिर २०७६, शनिबार
नेता बस्नेतका अनुसार यस जनयुद्ध संग्रहलयमा कम्युनिष्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिने छ । पार्क कम्युनिष्ट आन्दोलनको इतिहाससँगै आधुनिकतामा पनि झल्कनेगरी बनाइने छ । यो पार्क प्रतिष्टानका अध्यक्ष काफ्लेको नेतृत्वमा, सचिव बस्नेतको सक्रियतामा र प्रदेश नं. १ का अर्थमन्त्री इन्द्रबहादुर वाङ्बोको परिकल्पनामा बन्न लागेको हो ।
संग्राहलय निर्माणका लागि प्रतिष्ठानका अध्यक्ष सावित्री कुमार काफ्ले र सचिव बिरेन्द्र बस्नेतको नेतृत्वमा एक टोलि यसै हप्ता काठमाडौं पुगेको थियो । एक टोलिले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहयोगका लागि छलफल गरेको छ । अध्यक्ष प्रचण्डले संग्राहलय निर्माणका लागि आफुले पुरै सहयोग गर्ने प्रतिवद्धता जनाएको नेकपाका युवा नेतासमेत रहेका बस्नेतले बताए । यसको डिपीआर भैरहेको सचिव बस्नेतले जानकारी दिए ।
यसअघि २० रोपनी सरकारी वन क्षेत्रभित्र जनयुद्ध संग्रहालयको निर्माण भएको छ । जिल्ला समन्वय मार्फत करिब साढे १२ करोड लगानीमा निर्माण निर्मित संग्रहालयको पहिलो चरणको काम २०७४ सालमा शुरु गरिएको थियो ।