रोयल फुटबल क्लब दमकले जित्यो केराबारीमा आयोजित दोस्रो उधौली कपको उपाधि

  • २६ मंसिर २०७६, बिहीबार

“दोस्रो कुसुमे उद्यौली कप २०७६” अन्तरगत केराबारी ९ मा भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी रोयल फुटबल क्लब दमकले हात पारेको छ ।

सशस्त्र  प्रहरी बल (एपियफ) पूर्वाञ्चललाई ट्राइबेकरमा पराजित  गर्दै रोयल फुटबल क्लब दमकले उपाधी जितेको हो ।

निर्धारितअ बधि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरतिर पुगेको थियो । ट्राइब्रेकरमा रोयलले पहिलो गोल गर्न चुकेपछि एपीएफले खेल जित्ने अपेक्षा धेरैले गरेका थिए । तर पहिलो ट्राइबेकरमा गोल गर्न सफल एपीएफका खेलाडीले अन्य तीन गोल गर्न चुके र रोयल लगातार तीन गोल गर्दै उपाधि बिजेता बन्यो ।

प्रतियोगिताको विजेता रोयलले ५१ हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेता एपियफले ३१ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । समापन कार्यक्रमका प्रमुख अतिथी केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले बिजयी खेलाडीहरुलाइ पुरस्कार दिएका थिए ।

किराँत समुदायको उद्यौली पर्वको अवसरमा मङ्सिर २० गतेबाट सुरु भएको प्रतियोगिताका सेमिफाइनल खेलहरु पनि ट्राइबेकरमै पुगेका थिए । मङ्गलबार भएको पहिलो र अन्तिम सेमिफाइनलमा एपियफले बेलबारी फुटबल क्लबलाई  ट्राइबेकरमा हराउँदै फाइनल प्रवेश गरेको थियो भने रोयलले डाँगीहाट युथ क्लब मोरङलाई ट्राइबेकरमैै हराउँदै फाइनल प्रवेश गरेको थियो ।

खेलमा आयोजक कुसुमे साईनिङ क्लब , रोयल फुटबल क्लब दमक झापा, डाँगीहाट युथ क्लब मोरङ, इटहरी फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, लेटाङ फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ र पथरी फुटबल क्लब गरी ८ वटा टिम सहभागी थिए  ।

केराबारी गाउँपालिकाको सहयोगमा कुसुमे साइनिङ क्लबद्वारा आयोजित दोस्रो उधौली खुल्ला नकआउट फुटबल प्रतियोगितामा पुुुर्वेली डटकम पनि अफिसियल मिडियाका रूपमा रहेको थियो ।

त्यसो त बिहीबार कुसुमेस्थित खेल मैदान एघार बाह्र बजेदेखि नै रमितलाग्दो बनेको थियो । उधौली पर्वको अबसरमा मध्याह्नदेखि नै विभिन्न जातजातिहरुले जातीय भेषभुषामा सांस्कृतिक नृत्य तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

सो अबसरमा मगर, राई, लिम्बु  लगायतका जातजातिले हुर्रा, चण्डी र धान नाच जस्ता नृत्यहरु प्रस्तुत गरेका थिए । थुप्रै दर्षकको उपस्थितिमा भएको औपचारिक समापन समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि उपस्थित थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले केराबारीमा २४ करोडको लागतमा रंंगशाला बन्दै गरेको  बताए । उनले खेलको स्तरोन्नति र बिकास गर्न जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेकोे बताए ।