गोठगाउँमा भो पुर्वान्चल बिश्व विद्यालयको नवौं दिक्षान्त समारोह, दिक्षित भए झण्डै दश हजार बिद्यार्थी

  • २८ मंसिर २०७६, शनिबार

पुर्वाञ्चल विश्वविद्यालयको नवौ दिक्षान्त समारोह मोरङको सुन्दरहरैचास्थित गोठगाँउमा शुक्रबार भब्य रूपमा सम्पन्न भएको छ ।

दिक्षान्त समारोहमा यस बिश्वविद्यालय अन्तरगत शैक्षिक वर्ष २०७२, २०७३, २०७४ र २०७५ का  कला, शिक्षा, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका गरी जम्मा ९ हजार ९ सय ८ जना विद्यार्थीहरुमध्ये उपस्थित विद्यार्थीहरुलाई विश्वविद्यालय का सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दीक्षित गरे । पोखरेलकै सभापतित्वमा भएको समारोहमा गुवाहाटी विश्व विधालय आसाम, भारतका उपकुलपति प्रा. प्रताव ज्याेति ह् याण्डिक प्रमुख अतिथि थिए ।

समाराेहमा विभिन्न शैक्षिक बर्षहरुमा सर्वाेतम अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई गाेल्ड मेडल प्रदान गरी सम्मान गरिएको थियाे । दिक्षान्त समाराेह कार्यक्रमकाे संचालन रजिस्ट्रार प्रमिला थापाले गरेकी थिईन् । दीक्षान्त समारोहकाे उद्घघाटनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिए पनि स्वास्थ्यका कारण आएनन् ।

कला संकायतर्फ ३ सय ९ जना, शिक्षाशास्त्र संकायतर्फ १ हजार ८ सय ८६ जना, कानुन संकाय तर्फ ४ सय २५ जना, व्यवस्थापन संकाय तर्फ ३ हजार २ जना, चिकित्साशास्त्र संकाय तर्फ २ हजार १ सय ६६ जना र विज्ञान तथा प्रविधि तर्फ २ हजार १ सय ७४ जना विद्यार्थीहरु दीक्षित भएको बताइएको छ ।

समारोहमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पुर्वमन्त्री लालबाबु पण्डित, मिनेन्द्र रिजाल, शिवकुमार मण्डल तथा केही प्रदेश सभाषद र सुन्दरहरैचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, लगायत शिक्षा क्षेत्रका ब्यक्ति, संङ्घ संस्थाका प्रतिनिधी , नगर प्रमुखहरु, सिनेट सदस्यहरु, बिद्यार्थी लगायत अभिभावक र सर्वसाधारण पनि उपस्थित थिए ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले संविधानले निःशुल्क शिक्षाका लागि निर्देश गरेकाले अबको शिक्षा आधुनिक प्रविधितर्फ उन्मुख हुनुपर्ने बताए । बहुआयामिक शिक्षा र समृद्धि मार्फत् आम नागरिकलाई सुखी र खुशी बनाउने उनले उद्घोष गरे ।

पहिलो पटक राष्ट्रिय शिक्षा नीति २०७६ जारी भएको र त्यसले स्थानीय तहको शिक्षासम्बन्धी नीतिलाई थप स्पष्ट पारेको बताउँदै उनलेे अब तिनै तहको कार्यसम्पादनमा अन्योल हट्ने उनले जनाए ।

प्रारम्भिक बाल विकासलाई विद्यालय शिक्षाको पूर्वाधारको रुपमा विकास गर्ने, आधारभूत तह निःशुल्क गर्ने र माध्यमिक शिक्षालाई निःशुल्क गर्नुका साथै प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिने उनले बताए ।

सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले दिक्षान्त समारोहले पुर्वान्चल बिश्व विद्यालयको मुख्य कार्यालय गोठगाउँमा सार्ने वातावरण बनेको बताएका छन् । समारोह सकिए लगत्तै शुक्रबार उनले फेसबुकमा लेखेका छन्  – “आशाको दियो बलेको छ, चांँडो भन्दा चांँडो पु.वि. गोठगाऊंँमै पुर्णरुपमा संचालनमा आऊने छ।”

वि. स. २०५२ सालमा स्थापना भएको पूर्वाञ्चल विश्व विद्यालय अन्तरगत हाल ३० हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन । पूर्वाञ्चल विश्व विद्यालयले  रजत महाेत्सव समेत सम्पन्न गरिसकेकाे छ