बन्यो नेकपा मोरङको इतिहास झल्काउने बृतचित्र , पुर्व प्रम माधब नेपालले गरे सार्वजनिक

  • २९ मंसिर २०७६, आईतवार

अनिल पौडेलद्धारा निर्मित बृतचित्र ‘एउटा घरको कथा’ सार्बजनिक भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपालले शनिबार बेलबारीमा आयोजित एक कार्यक्रममा सो वृतचित्र सार्वजनिक गरे  ।

पौडेलले मोरङमा तत्कालिन अबस्थामा मालेको संगठन बिस्तार देखि पहिलो जिल्ला अबिधेशन गराउने मोरङको टाँडीस्थित एउटा घरको कथा सो बृतचित्रमा समेटेका छन् ।

कार्यक्रममा पुर्वमन्त्री लालबाबु पण्डित, प्रदेश १ का सामाजिक बिकासमन्त्री जीवन घिमिरे, नेकपाका केन्द्रिय सदस्य गुरु बराल, नेकपाका नेता तथा प्रदेश १ का सहसंयोजक साबित्रीकुमार काफले, घनेन्द्र बस्नेत, नेकपाका मोरङ अध्यक्ष ऋषिकेश पोख्रेल लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रम नेकपाका जिल्ला सदस्य ईरान राईले सञ्चालन गरेका थिए ।

कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले नेताले बाटो बिराएपनि कार्यकर्ताले कहिल्यै बाटो नबिराएको र नेताले गलत गर्दा खबरदारी गर्ने गरेको बताए । देशमा भएका बिभिन्न आन्दोलनमा जनता निर्णायक भएको भन्दै उनले जनताको हितमा र पक्षमा सदैब काम गर्नुपर्ने समेत बताए ।

देश र जनताकै लागि काम गर्दा आफु १५ बर्ष लामो जेलजीवन बिताउनु परेको स्मरण गर्दै उनले इतिहास र देशका लागि योगदान गर्नेहरुलाई स्मरण गर्नुपर्ने बताए । नेता नेपालले इतिहास निर्माण गरी नयाँ पुस्तालाई जानकारी गराउनु उल्लेखनिय काम भएको बताए ।

बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा भएको कार्यक्रममा पहिलो मोरङ जिल्ला कमिटिका सदस्यहरुलाई सम्मान समेत गरिएको छ ।