केरावारी र लेटाङ बजारको अस्थित्व जोगाउन आग्रह गर्दै काठमाण्डौं पुगे बेलबारीका मेयर पनि
- ४ पुष २०७६, शुक्रबार
मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सविधान सभाका अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङलाई भेटेर मदन भन्डारी राजमार्ग निर्माण गर्दा मोरङको केरावारी तथा लेटाङ बजार बिस्थापित हुने अबस्था आएको भन्दै बजार बिस्थापित नहुने गरी काम गर्ने बातावरण मिलाईदिन माग गरेका छन् ।
चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने नया राजमार्ग रुपमा लिए उक्त सडक बिस्तार हुदाँ केरावारी गाँउपालिकाको केरावारी बजार तथा लेटाङ नगरपालिकाको लेटाङ बजार बिस्थापित हुने अबस्थामा आएकोले बजार बिस्थापित नहुने गरी सडक बिस्तार गरिदिन माग गरेका हुन् ।
मोरङका १७ स्थानियतहले बनाएको स्थानिय तह साझा सरोकार सामाजका संयोजक समेत रहेका मेयर सुवेदीले बजारनै स्थिापित गर्दा ठुलो समस्या आउने भएकोले मन्त्रि तथा नेताहरुको सँगको भेटघाटलाई तिब्र बनाएका छन् ।
उक्त राजमार्ग ६२ मिटर फराकिलो बनाइदै छ । तराई मधेश जोडने सडक पहुचका आधारमा नबनाउन समेत माग गरेका छन् । यता नेता नेम्बाङले भने उक्त राजमार्गका विषयमा सरकारको ध्यानकर्षण गराउने बताएका छन् । सडक सिमा र क्षेत्रा अधिकारका वारेमा चाडै नै टुङग्याउने समेत उनले आश्वासन दिए ।
१२०० किलोमिटर लामो राजमार्ग मोरङको केरावारी तथा लेटाङलाई हुदै धरान, चतरा,गाइघाट,कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, रिडी, तम्घास, शिमलटारी, प्युठान,घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, वीपीनगर, सहजपुर, बुडर, जोगढुवा हुँदै रुपालसम्म पुग्नेछ ।
यसअघि केराबारी गाउँपालिका ,लेटाङ नगरपालिका र बेलबारी नगरपालिकाको प्रमुख, के वडा अध्यक्ष र राजनीतिक दलका नेता एवम केही सभाषदसहितको एक टोलीले मदन भण्डारी राजमार्गको बिस्तारबारे संयुक्त बैठक बसी सबैको एकै आवज उठाएर डेलिकेशन जाने निर्णय गरेको थियो ।
त्यसपछि एक प्रतिनिधि मण्डलले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनलय र भौतिक योजना तथा यातायात मन्त्रालय गई मदन भण्डारी राजमार्ग निर्माणका नाममा उतरी मोरङको केराबारी बजारको अस्थित्व नै संकटमा पर्न लागेको भन्दै बिकल्प खोज्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।