पर्यटन बर्षको प्रबर्द्धनका लागि नेकपा बेलबारीले गर्यो पृथक र सृजनात्मक कार्यक्रम

युवाहरूद्वारा बिश्व साइकल यात्रीलाई स्वागत

  • १७ पुष २०७६, बिहीबार

सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० शुरु भएको दिन बुधबार मोरङ  बेलबारीका बासिन्दाले विभिन्न कार्यक्रम गरी भ्रमण बर्षको स्वागत गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को स्वागत स्वरुप नेपाल कम्युनिष्ट पार्टी नगर संगठन कमिटी बेलबारीले पनि सरसफाई तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार कार्यक्रम गरेको छ ।

नेकपाले बेलबारी नगरक्षेत्र भित्रको पुर्वपश्मिच राजमार्ग आसपस सरसफाई गरेको हो । पुर्वमा चिसाङ खोलादेखि पश्चिम किस्ती खोला सम्मको पुर्वपश्चिम राजमार्ग क्षेत्रमा सरसफाई गरिएको थियो । बेलबारीमा रहेका पर्यटकीय महत्वका स्थानहरुको प्रचार समेत गरिएको थियो । विभिन्न संघसंस्थाहरु समेतको सहभागिता रहेको कार्यक्रममा बेतना सिमसार, धनपालगढी, रमिते, किराँत राई यायोख्खा धार्मिक वन लगायत स्थानको तस्विर सहितका व्यानर समेत प्रदर्शन गरिएको थियो ।

दुई समुहमा विभाजित भएर सहभागीहरु सरसफाईमा खटिएका थिए । पुर्व र पश्चिमबाट आएको समुह बेतना सिमसारमा भेला भएपछि कार्यक्रम समापन गरिएको थियो । राजमार्ग क्षेत्र सफा राख्दै सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल पार्न बेलबारीको पर्यटकीय महत्वलाई प्रचार समेत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेकपा बेलबारीका अध्यक्ष परशुराम सुवेदीले जानकारी दिए । सरसफाई पछि आयोजित समापन कार्यक्रममा नेकपाका प्रदेश सदस्य डिपी राई, बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली लगायतले बोलेका थिए ।

बिश्व साइकल यात्रीलाई स्वागतसहित बेलबारीका युवाहरुले पनि गरे बिबिध कार्यक्रम 

त्यसैगरी बेलबारीका युवाहरुले भने मेची–महाकाली पैदलयात्रीलाई भब्य स्वागत सहित सो कार्यक्रम शुभारम्भ गरेका छन् ।
नेपाल भ्रमण बर्ष सफल पारौँ भन्ने मुल ध्येयका साथ महाकाली गडडाचौकीको ७ नम्बर पिल्लरबाट मंसिर २० गते प्रदयात्रा शुरु गरेका झापा काकडभिटटाका सुरेश उप्रेती र दमक झापाका खगेन्द्र निरौलालाई बेलबारीमा बुधबार बिहानै स्वागत र यात्रा सफलताको शुभकामना सहित भ्रमण बर्षको सफल शुरुवात गरिएको थियो ।
ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख गुणराज बुढाथोकी,बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधबराज थापा,पुर्ब अध्यक्ष राजन प्रसाईँ,पुर्ब महासचिब राजेन्द्र अधिकारी,पुर्ब कार्यकारिणी उपाध्यक्ष नबराज सुवेदी,ध्रुबतारा घिमिरे,सुनिता हुमागाँई लगायतले उनीहरुलाई खादा सहित स्वागत गर्नुका साथै नेपाल भ्रमण बर्ष सफल बनाउन सबै लागी पर्नुपर्ने धारण समेत राखेका थिए ।
नेपाल भ्रमण बर्षको प्रचार प्रसार सहित पर्यटन प्रर्बद्धनका लागी आफुहरुले पैदलयात्रा गरेको उप्रतीले बताए । उनी यसअघि दमकबाट ताप्लेजुङको पाथिभरासम्म ४ पटक पैदलयात्रा र भारतका बिभिन्न धार्मिक स्थानमा समेत प्रदलयात्रा गरिसकेका छन ।