केराबारी गाउँपालिका कार्यलयमा शक्तिशाली बम बिष्फोट, लेखा शाखाको छेउमै क्षति

  • १० माघ २०७६, शुक्रबार

माेरङकाे केराबारी गाउँपालिका कार्यलयमा शुक्रबार राति शक्तिशाली  बम विस्फाेट भएकाे छ ।

राती ९ बजेर ३५ मिनेटमा एक्कासी ठुलो आवाज आएपछि केराबारी बजार र आसपास नै आतंकित भएको थियो । बम पड्केको जस्तो ठुलो आवाज आएपछि सुत्न लागेका केराबारीका बासिन्दाहरु कहाँ के भयो भन्दै सोधखोज गर्नतिर लागेका थिए । केहीबेरपछि मात्र गाउँपालिकाकाे कार्यालयमा बम पड्केको थाहा भएको थियो ।

गाउँपालिकाको सिकुवामा राखिएको कुकर बम विस्फाेटबाट कार्यालयकाे सिकुवामा रहेको गेट नजिकै रहेको झ्यालकाे सिसा फुटेको छ भने पर्खाल समेत भत्किएकाे छ । बिष्फोटबाट गाउँपालिकाको जेनेरेटरमा समेत क्षति भएको छ ।

त्यसैगरी बम बिस्फोटस्थल गाँउपालिकादेखि केही मिटरको दुरीमा रहेको बर्षा चोकमा समेत शंकास्पद सुतली बम फेला परेको छ ।  नेपाली सेनाको डिस्पोजल टोलीले सो बम डिस्पोजल गरेको बताइएको छ ।

बिष्फोट लगत्तै इलाका प्रहरी कार्यालय केराबारी र बेलबारीको प्रहरी घटनास्थल पुगेको थियो । घटनाकाे जिम्मेवारूी कस‌ैले लिएको छैन तर नेकपा माओवादी (बिप्लव ) ले बम पड्काएको अनुमान गरिएको छ ।