एउटा यस्तो निजी अस्पताल, जहाँ नि:शुल्क पाइन्छ पुर्जी र ओपिडी सेेेवा पनि

नि:शुल्क ओपिडी सेवाबाट लाभान्वित छन् लाखौं बिरामी

  • ३० श्रावण २०७७, शुक्रबार

सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जीको पैसा  अनिवार्य तिर्नुपर्छ  । अरु त अरु सरकारी अस्पतालमा समेत पुर्जीवापत बिरामीसँग अस्पतालहरुले पैसा लिने गर्छन् । तर, बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले केही बर्षयता ओपीडी निःशुल्क हुँदा लाखौं बिरामीहरुलाई राहत मिलेको छ ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’ हुँदा बिरामीहरुले विना शुल्क बिशेषज्ञ डाक्टरसँग स्वास्थ्य परिक्षण गराउन पाइरहेका छन् ।

सुनसरीको रामधुनीबाट उपचारका लागि नोबेल आइपुगेका हरिमान श्रेष्ठले पुर्जी र डाक्टर जाँचको पैसा नलाग्दा ठूलो राहत भएको बताए ।  ‘अन्यत्र सवै  अस्पतालमा पुर्जीको पैसा लाग्छ’, उनले भने ‘नोबेलमा पुर्जीको पैसा तिर्नु नपर्दा त्यहि पैसाले झण्डै औषधि किन्न पुग्छ ।  यता, बिराटनगरकी सुसिला निरौलाले पनि पुर्जी निःशुल्क हुँदा सस्तोमा उपचार पाएको सुनाईन् । ‘खर्च अभाव भईरहेका बेलामा पुर्जीको पैसा जोगिदा मात्र पनि धेरै राहत हुन्छ ।’ उनले भनिन् । उनीहरु जस्ता अधिकांस बिरामीले पुर्जीको पैसा नपर्दा राहत मिलेको प्रतिक्रिया दिने गरेका छन् । नोबेलले एक दशक अघि देखि पुर्जी निःशुल्क गर्दै आएको छ । जसका कारण गरिब तथा बिपन्न बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

बिराटनगर क्षेत्रका अधिकांस अस्पतालहरुले पुर्जी बापत बिरामीसँग ५ सय रुपैंया हाराहारी लिने गरेका छन् । काठमाण्डौंमा त एक हजार रुपैयासम्म पर्छ ।                                                                          पैसा नभएका कारण ठुला अस्पतालमा जान नसक्ने गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी ओपीडी निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माको भनाई छ । ‘गरिब तथा बिपन्न बिरामीलाई बिशेषज्ञ डाक्टरसँग पुगेर राम्रो उपचार पाउँने वातावरण निर्माणका लागि पुर्जी निःशुल्क गरेका हौं ।’ डा.शर्माले भने ।

दक्ष डाक्टर र अत्याधुनिक स्वास्थ्य उपकरणका कारण स्तरीय उपचारका क्षेत्रमा नोबेलले फड्को मार्दै गएको छ । स्तरीय उपचार सेवा प्रदान गर्दै आएको नोबेलले ओपीडी निःशुल्क गर्दा सवै स्तरका बिरामीहरुलाई उपचारमा सहजता मिलेको हो ।