दुई अर्बको लागतमा नौ तले अत्याधुनिक भवन बनाउँदै नोबेल मेडिकल कलेज

  • २१ माघ २०७६, मंगलवार

विद्यार्थीहरुको अध्ययन,अध्यापनलाई थप सहज बनाउने उद्धेश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले दुई अर्बको लागतमा  मेेेडिकल कलेजको सुुुुबिधासम्पन्न भवन निर्माण गर्ने भएको छ  ।

बिराटनगर स्थित कलेज परिषरभित्र निर्माण हुने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायतका सुविधा हुनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ । आगामी दुई बर्ष भित्र सो भवन निर्माण सम्पन्न हुने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

नौ तला भएको सो भवन २ लाख २४ हजार स्क्वायरफिटको हुनेछ । नयाँ स्तरीय भवन निर्माण हुने भएपछि विद्यार्थीहरुलाई अध्ययनका लागि थप सहजता मिल्ने अस्पतालले जनाएको छ ।

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् ।

नोबेलमा ३२ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ पनि निर्माण भइरहेको छ । स्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शैक्षिक वातावरणका हिसावले प्रतिष्ठित बन्दै गएको नोबेलले अरबौंको लगानी थपेर स्तरीयता बढाउँदै लगेको छ ।