हात्ति पाइलेको औषधि खुवाउन स्वास्थ्यकर्मीसंँगै खटिए जनप्रतिनिधि पनि

  • २५ माघ २०७६, शनिबार

उत्तम पोख्रेल / हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन जनप्रतिनिधिहरु आफैं जुटेका छन् ।

मोरङमा शनिवारदेखि सुरु गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुसँगै जनप्रतिनिधिहरु औषधि खुवाउने अभियानमा जुटेका हुन् ।

छ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने भएपनि सवैले औषधि नखाएपछि आफैं टोल टोलमा गएर औषधि खुवाउने अभियानमा जुटेको बेलबारी नगरपालिकका प्रबक्ता योगेन्द्र सुवेदीले बताए । सुरवात बर्षहरुमा गलत प्रचारका कारण धेरैले औषधि खाएनन् प्रबक्ता सुवेदीले भने – अहिले त्यस्तो नहोस भनेर हामी पनि स्वास्थयकर्मीहरु संँगै हिड्यौ ।

यस्तै बेलबारी नगरपालिकाकै उपमेयर ढाका कुमारी पराजुलीले सवैले देख्ने गरी औषधि खाएको बताइन् । सवैलाई खान आग्रह गर्दै औषधी खादै गरेको फोटो समेत सामाजिक सजाल फेसवुकमा राखेको समेत बताईन् ।

बेलबारीमा मात्रै औषधि खुवाउनका लागि ३५ जना महिला स्वंमसेविका तथा ७५ जना स्वास्थ्यकर्मीहरु खटाएको स्वास्थय संयोजक सन्तोष विश्वकर्माले बताए । ५ दिन सम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम रहेको उनले बताए । औषधि पहिलो दिन केन्द्र केन्द्रमा खुवाएका स्वास्थ्यकर्मीहरु दोस्रो दिनदेखि घर घरमा खुवाउने छन् ।

मोरङका १७ वटै स्थानीय तहमा करिव ९ लाख २४ हजार ५ सय ६२ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान वहादुर बस्नेतले बताए । हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने कार्यक्रममा ५ हजार बढी स्वास्थ्यकर्मी खटाइएको उनले बताए ।
हात्तिपाईलेको जिवाणु भएको जनसंख्या १ प्रतिशतमा झार्ने सन् २०१८ मा सरकारले लक्ष्य लिएपनि अहिलेसम्म पुरा हुन सकेको छैन । नेपालका करिव १ दशमलव ४७ प्रतिशत जनसंख्यामामा हात्तिपाईलेको जिवाणु देखिएको छ ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त विरामीहरुले भने औषधि सेवन गर्न नहुने स्वास्थ्यकर्मीहरु बताउंँछन् । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो । हात्तिपाईले संँगै जुकाको समेत औषधि खुवाइएको छ ।