क्यान्सर पीडित रमाको उपचारका लागि श्रमिक महिला समुहले जुटाइदियो साढे तीन लाख

जुटेको रकम परिवारलाई हस्तान्तरण

  • ५ फाल्गुन २०७६, सोमबार

महिलाको हक हित र  सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि ३ लाख ४४ हजार  सात सय पचासी रुपैयाँ संंकलन गरी हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रम गरी श्रमिक महिला समूहले सो रकम हस्तान्तरण गरेको हो । संस्थाले रमाको उपचारका लागि केही दिनयता सहयोग संकलन गरेको थियो । कमजाेर आर्थिक अवस्था भएकी विरामी श्रेष्ठलाई बचाउन आफूहरु लागिरहेकाे श्रमिक महिला संंघकी अध्यक्ष नीतु थापाले बताईन् ।

बेलबारी नगरपालिका वार्ड नं १ की ३२ वर्षीय रमा श्रेष्ठ विगत लामाे समयदेखि फाेक्साेकाे क्यान्सरबाट पिडित छिन् । १४ वर्षीय छाेरा र २ वर्षीय छाेरी गरी दुई सन्तानकी आमा समेत रहेकी श्रेष्ठका श्रीमान यसअघि राेजगारीका सिलसिलामा विदेशमा थिए । उनी हाल स्वदेश फर्केका छन् । रमा माईतीमा बस्दै आएकी छिन्  ।

रमाको उपचारका लागि सहयोग जुटाउन बेलबारीका विभिन्न ब्यक्ति तथा संघ संस्था सक्रिय छन् । केही दिनअघि बेलबारी जेसिजले पनि रमाको उपचारका लागि सहयोग गरेको थियो ।