पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा सर्ने भएपछि सुन्दरहरैंचासहित उत्तरी मोरङमा खुशीयाली
- १६ फाल्गुन २०७६, शुक्रबार
विश्वविद्यालय सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएसँगै विश्वविद्यालयको प्रशासनिक काम गोठगाउँबाटै हुने सुुुुनिश्चित भएपछि उत्तरी मोरङ क्षेत्रका जनतामा उत्साह छाएको हो । उत्तरी मोरङमा पनि खासगरी बिश्वबिद्यालय रहने सुन्दरहरैंचा नगर क्षेत्रका बासिन्दाले हर्षोल्लासपुर्वक दिपावली गरी खुशी साटासाट गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल गरियोस् भनी प्रतिनिधिसभामा प्रस्तुत गरेको विधेयक पारित भएको छ ।
बिश्वबिद्यालयको मुख्य कार्यालय गोठगाउँमै सारेर त्यहीँबाट प्रशासनिक काम हुने भएपछि स्थानीय खुसी भएका छन् । विधेयक पारित भएपछि विश्वविद्यालय परिसरमा बुधबार साँझ दिपावली गरिएको थियो । दिप प्रज्वलन कार्यक्रममा सुन्दरहरैंचाका मेयर शिव ढकाल, उपप्रमुख धना तामाङ, नेकपा सुन्दरहैंचाका अध्यक्ष केदार गुरागाई, कोशीहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईंलगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणहरु सहभागी भएका थिए ।
गोठगाउँमा पर्याप्त पुर्वाधार भएर पनि लामो समयदेखि विश्वविद्यालयको प्रशासनिक काम विराटनगरबाट सञ्चालन हुँदै आएको छ । विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ सार्न लामो समयदेखि पहल हुँदै आएको थियो । पुर्वान्चल बिश्वबिद्यालय गोठगाउँमै सार्नुपर्ने माग गर्दै स्थानीयले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
बिश्वबिद्यालयको मुख्य कार्यालय गोठगाउँ नै राख्नुपर्ने माग गर्दै मोरङका सबै पालिकाहरुको हस्ताक्षरसमेत संकलन गरेका सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले आफुहरुले गरेको लामो समयदेखिको प्रयास सफल भएको बताए । उनले अब गोठगाउँबाट नै बिश्वबिद्यालयको सबै काम हुने बताए ।
केही दिन अघि गोठगाउँमा पुर्वान्चल विश्वविद्यालयमा एमविविएस शैक्षिक भवनको शिलान्यास तथा ओपिडी/एमर्जेन्सी भवनको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पुर्वान्चल विश्वविद्यालयकाे केन्द्रीय कार्यालय चाँडै गोठगाउँमा सर्ने बताएका थिए । बिश्व बिद्यालय ऐन लगेर राष्ट्रिय सभाबाट पास भइसकेको र प्रतिनिधि सभाको संसद बैठकबाट पनि पास गर्ने उनले बताएका थिए ।
गोठगाउँमा पुर्वान्चल बिश्वबिद्यालयको लागि सरकारले ८ सय ५ विगाहा जग्गा उपलब्ध गराएको छ । त्यसमध्ये करिब एक सय बिघा क्षेत्रफल जग्गा कम्पाउण्ड गरी दर्जनभन्दा बढी भवनहरु बनेका छन् । ती भवनहरु धेरै बर्षसम्म अलपत्र अबस्थामा भएपनि केही बर्षदेखि निकैवटा भवनहरु प्रयोगमा छन् । हाल त्यहाँ केही भवनहरु निर्माणाधीन छन् । गोठगाउँमा केही बर्षयता मेडिकल कलेज समेत संचालन हुँदै आएको छ ।
यी सामग्री पनि पढ्नोस्
गोठगाउँमा भो पुर्वान्चल बिश्व विद्यालयको नवौं दिक्षान्त समारोह, दिक्षित भए झण्डै दश हजार बिद्यार्थी
गोठगाउँमै सर्नेभो पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय, त्यहीँ हुनेभो नवौं दीक्षान्त समारोह