बेलबारीका मेयरको मुख्य पहलमा उत्तरी मोरङका ६ स्थानीय तहमा बिदेशी लगानीका योजना भित्रदै
- २० फाल्गुन २०७६, मंगलवार
उत्तरी मोरङका ६ वटा पालिकाहरुलाई समेटेर केहि ठुृला योजनाका काम अगाडि बढ्ने भएका छन् ।
बेलबारी, सुन्दरहरैचा, लेटाङ र पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले संयुक्त रुपमा फाहोर मैला ब्यबस्थापन, सौर्यउर्जा तथा दमकलको योजना अगाडि बढाएका छन् । बिदेशी लगानीमा तिन ठुला योजनाको काम अगाडि बढाइएको अन्तरपालिका समन्वय समितिका संयोजक तथा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
फाहोरवाट मोहर बनाउने अभियानमा जुटेका छौ मेयर सुवेदिले भने दैनिक संकलन हुने फोहोरमा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतलका साथै कार्टुन छानेर बिक्री गरि बाँकी रहेको फोहोरले ‘ल्याण्डफिल’साइडमा जम्मा गरेर मल बनाउने तथा ग्यास उत्पादन गरी सौर्यमा परिणत गर्ने गरी लिभ्रा नामक बिदेशि कम्पनीको सहयोगमा योजना अगाडि बढाइएको उनले बताए ।
यसैगरी ६ वटा स्थानिय तहले प्रत्येक पालिकामा १० मेघावाट बिजुली उत्पादन गर्नका लागि समेत गृहकार्यमा जुटेका छन् । सौय उर्जा मार्फत बिजुली उत्पादन गर्न लागिएको सुवेदीले बताए ।
बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदी तथा लिभ्रा कम्पनीको टोलीले सोमवार केरावारी, लेटाङ पथरीशनिश्चरे र बेलबारीको फोहोरमैला र उर्जाको अबस्थाको समेत अबलोकन गरेका छन् । आइतवार बेलबारी नगरपालिकामा ६ वटै पालिकाका प्रमुख र लिभ्रा कम्पनीका प्रतिनिधिले छलफल गरेका थिए ।
३ वटा योजनाका लागि ६ पालिकाले गरे सम्झौता
मोरङका ६ वटा पालिकाहरुले ३ वटा विकासे योजनाको एकै पटक सम्झौता गरेका छन् ।
लिभ्रा टेक्नोलोजि तथा वाकफाइल्ड इन्टरनेश्नल नामक गैरसकारी संस्थासँग सम्झौता गरेका हुन् । फोहोर मैला ब्यबस्थापन, बिधुत उत्पादन तथा आधुनिखालका दमकलहरु ल्याउने गरी म*pगलवार मोरङको बेलबारीमा सम्झौता गरेका छन् ।
बेलबारी ,सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाको तर्फवाट मोरङ अन्तरपालिका समन्वय समितिका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, लिभ्रा टेक्नोलोजिका श्याम पान्डे र वाकफाइल्ड इन्टरनेश्नलका डाइरेक्टर रोयल मिलरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दैनिक संकलन हुने फोहोरवाट कुहिने फोहोर वाट मल तथा ग्यास उत्पादन गरी बैकल्पीक उर्जामा खपत गरीने गरी सम्झौता गरीएको मेयर सुवेदीले बताए । फाहोर मैलामा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतलका साथै कार्टुनहरुको छुटै ब्यबस्थापन गर्दै फाहोरवाट मोहर वनाउने गरी सम्झौता गरीएको उनले बताए ।
सम्झौता गर्नुअघि लिभ्रा टेक्नोलोजिका श्याम पान्डे र वाक फाइल्ड इन्टरनेश्नलका प्रतिनिधिहरुले ६ वटै पालिकाको बस्तुगत अबस्था बुझेका थिए । उनीहरुले पालिकावाट निस्कने फोहोर, त्यसको ब्यबस्थापन, खेतीयोग्य जमिन, उद्योग कल-कारखानाको अबस्था तथा नायाँ उद्योगको अबस्था बुझेका थिए ।
सोलार प्यानलको प्रयोगवाट ६ वटा स्थानियतहले ६० मेघावाट बिजुली उत्पादन गर्ने समेत सम्झौता गरेका छन् । एक स्थानियतहमा १० मेघावाट बिजुली उत्पादन गर्ने गरी सम्झौता गरीएको सुवेदीले बताए । हाइड्रो पावरवाट निकालिने बिजुली भन्दा आनै कम लागतमा बिजुलि निस्कने भएकाले समेत बिधुतमा जोड दिएको स्थानिय तहहरुको भनाइ छ ।
यस्तै ६ वटै स्थानियतमा एसियाली बिकास वैक एडिबीको सहयोगमा प्राप्त हुने दमकल ल्याउनका लागि समेत सम्झौता भएको सुवेदिले बताए । यस अघिनै बेलबारी तथा सुन्दरहरैचाले भने दमकल किनि सकेका छन् ।
सम्झौता भएको १ बर्ष भित्र तिन वटै योजनाहरु स्थानियतहलाई हस्तान्तरण गर्ने लिभ्रा टेक्नोलोजीका श्याम पान्डेले बताए ।फोहोरमैला ब्यस्थापनमा चूनौति थपिदै गइरहेका बेला गरीउको सम्झौताले राहत मिल्नुका साथै स्थानियले रोजगारी समेत पाउने बिश्वास गरिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाले समेत मगलवार बेलबारीमा नै सम्झौता गरेको छ । – उत्तम पोख्रेल