स्थानीय न्यायिक समितिहरुबाट मोरङमा बन्यो जिल्ला न्यायिक संजाल, न्यायाधीशको नेतृत्व
- २० फाल्गुन २०७६, मंगलवार
प्रदेश नम्बर १ मै पहिलो पटक मोरङमा जिल्ला स्तरीय न्यायिक संजाल गठन गरीएको छ ।
उच्चअदालत बिराटनगरको पहलमा स्थानीय तहका उप मेयर तथा उपाध्यक्षहरुलाई समेटेर मोरङ न्यायिक संजाल गठन गरिएको हो । जिल्ला न्यायधिश मेदनी प्रसाद पौडेलको अध्यक्षतामा भएको भेलाबाट पौडेलकै अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरीएको छ ।
संजालमा उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र मुख्य न्यायाधिबक्ताको कार्यालय प्रदेश १ का मुख्य न्यायाधिबक्ता चुुुडामणी आचाार्य संरक्षक छन् । न्ययिक संजालको समितिमा बिराटनगर उपमहानगर पालिकाकी उप-मेयर उपाध्यक्षमा चयन भएकी छिन् । जिल्लाका अन्य सबै स्थानीय तहका उपमेयर तथा उपाध्यक्षहरु समितिको सदस्य छन् ।
सदस्यहरुमा नगरपालिका उपप्रमुखहरु ढाका कुमारी पराजुली (बेेेलबारी), लक्ष्मी भण्डारी (उर्लाबारी), यमुना बिष्ट (पथरी शनिश्चरे), धना तामाङ (सुन्दरहरैंचा), कृष्णकुमारी निरौला (लेटाङ) , केशव देवी खराल (रंगेली), दमयन्ता चुडाल (रतुवामाइ), मन्जुकुमारी राई (सुनबर्षी), गाउँपालिका उपाध्यक्षहरु शान्तिकुमारी लिम्बु (केराबारी), सरला राई (मिक्लाजुङ), राजमती इङ्नाम (कानेपोखरी), अमृता गच्छदार (बुढीगंगा), वसीमा वानो (धनपाल) र फुलकुमारी चौधरी (ग्रामथान) छन् ।
न्यायिक समितिमा एकरुपता तथा क्षमता बिकासमा सहयोग पुर्याउनका लागि न्यायिक समितिहरुको छाता संगठनको रुपमा रहने गरी समिति गठन गरीएको बेलबारी नगरपालिकाकी उपमेयर , स्थानीय न्यायिक समितिकी संयोजक तथा संजाल सदस्य ढाका कुमारी पराजुलीले बताईन् ।
न्याय सम्पादनको बिषयमा आ-आफना अनुभव वा सिकाईहरु साटासाट गर्ने, समितिका पदाधिकारीहरुको क्षमतामा बिकासमा सहयोग पुर्याउने, अदालतवाट भएको फैसलाको कार्यान्यनमा समन्वय र सहयोग पुर्याउने उदेश्य लिएर मोरङका १७ ओटै स्थानिय तह संगठित भएका हुन् ।
सिंहदरबारको अधिकार पाएको स्थानीय सरकारमा पुगेर न्याय माग्ने कामले व्यापकता पाउन थालिरहेका बेला संजाल गठनले न्यायमा पहुँच बढ्ने न्यायिक समितिका संयोजकहरु बताउँछन् । समिति गठन भएपछि न्याय निरूपण सम्बन्धी जानकारी लिन समेत सहज हुने पराजुलीको भनाइ छ ।