पियुका नयाँ उपकुलपतिले गोठगाउँ आएरै गरे पदभार ग्रहण, बोलाइएन जनप्रतिनिधिलाई

  • २४ फाल्गुन २०७६, शनिबार

पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति डा.यादवराज कोइरालाले मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा आएर पदभार ग्रहण गरेका छन ।

उपकुलपति कोइरालाले नियुक्तिको चार दिनपछि गोठगाउँ पुगेर पदभार ग्रहण गरेका हुन् । पुर्वाञ्चल विश्वविद्यालयको भौतिक पुर्वाधार गोठगाउँमा भएपनि लामो समय देखि उपकुलपतिको कार्यकक्ष सहित केन्द्रीय कार्यालय विराटनगरबाट सञ्चालन हुदै आएकोमा हालका उपकुलपति कोइरालाले गोठगाउँमै पुगेर पदभार ग्रहण गरेपछि स्थानीय उत्साहित भएका छन् ।

पुर्वाञ्चल विश्वविद्यालयका लागि गोठगाँमा ८ सय ५ बिघा जग्गा र पर्याप्त  भौतिक पुर्वाधारहरु भएपनि यसअघि विराटनगरमा केन्द्रीय कार्यालय सञ्चालन भई रहेको थियो । हालै प्रतिनिधि सभाले केन्द्रय कार्यालय समेत गोठगाउँबाटै सञ्चालन गर्ने गरी विद्येयक पास गरेको थियो । पदभार ग्रहण गर्न आइपुगेका उपकुलपति कोइरालाले पुर्वाञ्चल विश्वविद्यालयलाई विश्वमै चिनाउने गरी काम अघि वढाउने दाबी गरेका छन् ।

स्थानीय तहलाई जानकारी नै दिइएन, जनप्रतिनिधिहरु असन्तुष्ट 

गोठगाउँमा पुगेर उपकुलपतिले शुक्रबार  पदभार ग्रहण गरेपछि स्थानीयले उनलाई फुलमालाले स्वागत गरे । तर उपकुलपति कोइरालाले पदभार ग्रहण गरिरहँदा सुन्दरहरैचा नगरपालिका साथै जनप्रतिनिधिहरु नै बेखबर बनेका छन् ।

सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले  पुर्वाञ्चल विश्वविधालयको कार्यालय गोठगाउंँमा सार्न आफुहरुले लामो कसरत गरेको तर नगरपालिकालाई थाहा नहुनु दु:खद भएको बताए । उनले राजनीतिक गन्ध आएको आरोप लगाए । आफु पुर्वाञ्चल विश्वविधालको सिनेट सदस्य र नगरप्रमुख समेत भएको अबस्थामा आफुलाई केही जानकारी नगराई पदभार ग्रहण कार्यक्रम गर्नुले राजनीतिक गन्ध आएको ढकालले बताए । नेकपाको नेता कार्यकर्ता , टोल कमिटी सदस्य , नेकपाको वडा सदस्यलाई मात्र खबर गरेर पुर्वाञ्चल विश्वविधालय का पदाधिकारीले विश्वविधालयलाई सता पक्षले राजनीति गर्ने थालो बनाएको र विश्वविधालयका कर्मचारीले राजनीति गरेको आरोप लगाए ।

पुर्वाञ्चल विश्वविधालयको कार्यालय गोठगाउमा सरे ता पनि पदभार ग्रहण विराटनगरमै हुन लाग्दा समेत आफुले नयाँ नियुक्त उपकुलपति र रजिष्टारलाई बारम्बार फोन संपर्क गरेर केन्द्र गोठगाउमा सरेको र कानुन समेत पास भईसकेको कारण पदभार गोठगाउमा गर्न आफुले अनुरोध गरेको बताए । उनले आफुले सत्ताको चाकडी गर्ने विश्वविधालयका पदाधिकारीहरुको विगत देखी नै गतिविधी नियालिरहेको बताउदै त्यस्ता कर्मचारीहरुको केही दिनमा नै भण्डाफोर गर्ने बताए ।

हुन पनि उपकुलपतिको पदभार ग्रहणमा प्रदेश सांसद राजकुमार ओझा, चुमनारायण तवदार र स्थानिय जनप्रतिनिधी कसैलाई जानकारी नगराईएको थिएन । तर नेकपाबाट निर्वाचित वडाका केही जनप्रतिनिधि भने उपस्थित थिए ।  विश्वविधालयका पदाधिकारीहरुको केही नजिकका व्यक्तिहरुलाई मात्र खबर गरेर उपकुलपतिको पदभार ग्रहण गराईएको आरोप लागेको छ  ।