आम्मै ! धनकुटामा बढेको बढ्यै पो रहेछन् त मुटुका रोगीहरु

  • २४ फाल्गुन २०७६, शनिबार

धनकुटामा मुटु रोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको  चिकित्सकहरुले वताएका छन् ।

धनकुटा अस्पतालमा परिक्षण गर्न आउने विरामीहरुमा मुुटु रोग सम्वन्धी समस्या देखिएको उनीहरूले बताएका छन्  । मानिसको सवैभन्दा महत्वपूर्ण अङ्ग मुटु भएकोले मुटुको स्वास्थ्यमा सवैले विशेष ध्यान दिनुपर्ने धनकुटामा नेपाल ह्दयरोग निवारण प्रतिष्ठानद्धारा आयोजित मुटु सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा मुटुरोग विशेषज्ञहरुले वताएका हुन्  ।
सो अवसरमा १ नम्वर प्रदेशका सांसद लिला सुब्बाले मुुटु स्वास्थ्य रहे मानिस स्वस्थ्य हुने भएकाले मुटुलाई स्वस्थ्य राख्न विशेष ध्यान दिनुपर्ने बताइन् । नेपाल ह्दयरोग निवारण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष पूर्व गर्भनर दिपेन्द्र पुरुष ढकालले मानिसको मुटुलाई स्वस्थ्य राख्नका लागि ह्दयरोग निवारण प्रतिष्ठानले जनचेतना अभियान संचालन गरिहेको वताउंँदै अभियानलाई जनस्तरसम्म लैैैजाने  वताए ।
नेपाल ह्दयरोग निवारण प्रतिष्ठान धनकुटाका अध्यक्ष राम कुमारी भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा मुटुरोग सर्जन तथा प्रतिष्ठानका केन्द्रिय महासचिव प्रध्यापक डा. प्रकाशराज रेग्मी र केन्द्रिय सदस्य मुटुरोग सर्जन डा.प्रमेराज बैद्यले मुटु तथा मुटु रोगको वारे जानकारी प्रस्तुत गर्दै मुटुलाई स्वस्थ्य बनाउने चाबी मानिससंर्गै रहेकोले खान,पान तथा व्यायाममा विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
नेपाल ह्दयरोग निवारण प्रतिष्ठान धनकुटका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले स्वागत मन्तव्य  गरेको कार्यक्रमको संचालन सदस्य दिल कुमारी वालिगले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ,धनकुटा अस्पतालका डाक्टरहरु, स्वास्थ्यकर्मीहरु र नेपाल ह्दयरोग निवारण प्रतिष्ठान धनकुटाका सदस्यहरु र मुटुरोगीहरुको सहभागीता रहेको थियो ।

विजय राई,धनकुटा