चाहे जेसुकै होस् , चार महिनासम्म धनकुटेलीहरुलाइ छैन रे टेन्सन !

  • ३० फाल्गुन २०७६, शुक्रबार

धनकुटा जिल्लावासीहरुलाई चार महिनासम्म पुग्ने दैनिक उपभोग्य सामाग्रीहरु स्टक (मौज्दात) रहेकाले संमयित हुन सवैमा धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको छ ।

कोरोना भाईरसको त्रासका कारण खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीहरुको संकट हुने सक्ने हल्लाले उपभोक्ताहरु त्रसित भएको भएपनि धनकुटा जिल्लावासीहरुलाई ४ महिनासम्म पुग्ने खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु तथा सामाग्रीहरु स्टक (मौज्जाद) भएको संघले जनाएको छ । सम्पूर्ण उपभोक्ता तथा ग्राहकहरुलाई नआतिई ढुक्नसंग रहन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आब्हान गरेका छन् ।

उनले बिज्ञप्ति मार्फत कृतिम अभाव सिर्जना गर्ने र मुल्य बृद्धी गर्ने कार्य दण्डनीय कार्य भएको भन्दै यस प्रकारका कार्यहरु नगर्न र नगराउन सवैमा अनुरोध गरेका छन् । सस्तो र सुलभ दरमा दैनिक उपभोग्य समाग्री तथा वस्तुहरु स्टक नगरी उपलब्ध गराउन समेत  व्यापारी, उद्योगी, व्यवसायीहरुमा धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको छ ।
संंघले मुलुकमा कोरोना भाईरसबाट आउने सक्ने खतरालाई सामना गर्न कुनै एक व्यक्ति वा सरकारको पहलबाट मात्र संभव नहुने भएकाले  समुदाय  लाग्न धनकुटाका उद्योगी व्यावसायी र व्यापारीहरुलाई अनुरोध गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ ‘हाम्रो जस्तो गरिव तथा साधन स्रोत कम भएको मुलुकमा कोरोना भाईसको सक्रमण फैलियो भने धान्न नसक्ने र भयाभ स्थिति सिर्जना हुन सक्ने भएकोले चिकित्सकको सल्लाह अनुसार बेलामा नै कोरोना भाईरसबाट बच्नका लागि  सावधानी अपनाउदै जिल्लामा कुनै पनि सभा सम्मेलन,अन्र्तक्रिा ,गोष्ठी तथा ठूला ठूला बैठक लगायत धेरै मानिसहरुको भीड भाड हुने कार्यक्रमहरु समेत नगरी सचेत भै कोरोना भाईरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन धनकुटा उद्योग बाणिज्य संघ अपिल गर्दछ ।