सहारा र ह्याविटेड नेपालको सहकार्यमा बिपन्नलाइ सयवटा घर बनाइदिँदै बेलबारी नगरपालिका
उत्तम पोख्रेल
- ३ चैत्र २०७६, सोमबार
बेलबारी नगरपालिकाले गरिव तथा असहाय १ सय परिवारलाई घर बनाईदिन सुरु गरेको छ ।
सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घर बनाइदिन थालेको हो । आइतवार एक कार्यक्रमका विच वडा नम्बर ११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका छन् ।
पाँचवटा वडामा पहिलो चरणमा घर बनाइने मेयर सुवेदीले बताए । गरिव, असाय, एकल दलित तथा पिछडा वर्गहरुलाई घर बनाइदिन थालिएको उनले बताए । लामो समयदेखि घर बनाएर बस्न नसक्ने परिवारलाई पहिलो चरणमा घर बनाइदिन थालेको सुवेदीले बताए ।
मेयर सुवेदीका अनुसार १,२, ३, ४ र ११ नम्बर वडामा घर बनाइने छ । ३ लाख मुल्य बराबरीको घर बनाउन लागिएको हो । नगरपालिकाको १लाख ५० हजार सहारा नेपाल, ह्याविटेड नेपालको १ लाख र श्रमदान वरावरी ३५ देखि ५० हजारसम्मको श्रमदानमा घरहरु निर्माण गर्न थालिएको हो ।
११ नम्बर वडामा ३७ वटा घर बनाइने छ भने अन्य ५ वटा वडामा गरी ६३ वटा घर बनाईने नगरपालिकाको कार्यालयले जनाएको छ । टिनको छानो भएको तिन कोठे घर निर्माण गर्न लागिएको हो । भुई ढलाई गरेर पक्की पिलर राखेर घर बनाइने नगरपालिकाले जनाएको छ ।
घर पाउने भएपछि स्थानिय समेत हर्सित भएका छन् । विगत २५ बर्ष भन्दा वढि समय बसोवास गरेपनि आफनो घर बनाउन नसकेका परिवारले घर पाउने भएपछि उनीहरुको उनुहारमा हांँसो छाएको छ । हिउद तथा गर्मीमै आछु छु तथा आथाथा गर्दै रात काटनुपर्ने दिनको अन्त्य हुने बेलबारी ११ की नरमाया भुजेलले बताईन् । पानी परेको वेला प्लाष्टिक ओडेर रात काट्दै थियौं, स्थानिय कल्पना मगरले भनिन् घर बन्ने भएपछि खुसी भएका छौ ।
सहारा नेपालको सहयोगमा बने ६ सय घर
एक महिनामा भित्रमा घर बनाई हस्तान्तरण गर्ने सहारा नेपाल छानो कार्यक्रमका कन्ट्रीलिडर टिपी शर्मा कंँडेलले बताए । विभिन्न स्थानिय तहसँगको साझेदारीमा मोरङमा ६ सय वटा घर निर्माण गरिएको साहारा नेपालका अध्यक्ष महेन्द्र कुमार गरीले बताए ।