काेराेना उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिँदै बेलबारी बहुउद्देशीय सहकारी

  • ११ चैत्र २०७६, मंगलवार

बेलबारी, माेरङ/ काेराेनाले विश्व आक्रान्त भैरहेकाे वेलामा बेलबारी  ३ मा रहेकाे बेलबारी बहुउद्देशीय सहकारी संस्थाले बेलबारी नगरपालिकाले संचालनमा ल्याएकाे १५ वेडकाे आईसाेलेसन वाड र कोरोनाको उपचार तथा रोकथाममा सहयाेग पुग्ने गरी संस्थासँग भएकाे एम्बुलेन्स सेवा निशुल्क उपलव्ध गराउने भएकाे छ ।

बेलबारी नगरपालिका र आसपासका नगरपालिकाका काेराेनाबाट संक्रामित नागरिकलाई अस्पताल लैजान सहयाेग पुगाेस् भनेर फूहरुले यस्ताे निर्णय गरेकाे बेलबारी बहुउद्देशीयका अध्यक्ष प्रताप थापाले जानकारी दिए । सहकारीले विगत लामाे समयदेखि एम्बुलेन्स सेवा तथा बेलबारी ५ मा कृषि फाम संचालन गर्दै आएकाे छ ।

संस्थाकाे यस्ताे निर्णयलाई नगरपालिकाले प्रशंसा गरेकाे छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरवासीकाे स्वास्थ्यमा संवेशील भएर काम गरिरहेकाे वेलामा सहकारीकाे याे निर्णय प्रशंसायाेग्य रहेकाे वताए । सर्वसाधारणले पनि सहकारीकाे याे निर्णयलाई स्वागत गरेका छन् ।