जनताका घरघरमा अति आवश्यक खाध्यान्न पुर्याउदै बेलबारी नगरपालिकाको वडा नम्बर १

  • १३ चैत्र २०७६, बिहीबार

बेलबारी, माेरङ/ काेरानाकाे प्रकाेपलाई कम गर्ने अभिप्रायले राज्यले लागू गरेकाे लकडाउनमा स्थानीयवासीलाई खाध्यान्नकाे अभाव नहाेस भनेर बेलबारी नगरपालिकाले हाेम डेलिभरी गर्ने कार्यकाे सुरुवात गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं -१ ले बिहीबारदेखि साे व्यवस्था गरेकाे हो । सरकारले घाेषणा गरेकाे लकडाउनलाई प्रभावकारी बनाउन तथा यस्ताे विकट परिस्थितिमा पनि खाध्यान्नकाे अभाव नहाेस भनेर आफूहरुले याे व्यवस्था गरेकाे बेलबारी नगरपालिका वार्ड नं -१ का वडाध्यक्ष चक्रबहादुर खुलालले जानकारी गराए ।

नगरपालिकाले तीनवजेसम्म फोनमार्फत अडर लिने र अडर ४ बजे पछि नगरपालिकाका स्यवमसेवकहरुले घरघरमा खाद्यान्न र्पुयाउने वडाध्यक्ष खुलालको भनाई छ ।
बेलबारी नगरपालिकाले खाद्यान्नको अभावले भोकै बस्नुपर्ने  अवस्था भएका ज्याला मजदुरी गर्ने परिवारको पहिचान गर्ने र सोही अनुसार केही व्यवस्थापन गर्ने नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । आबस्यक पर्दा नगरपालिका साथमै रहेको मेयरको भनाई रहेको छ ।

नगरपालिकाकाे याे कदमलाई स्थानीयले सकारात्मक रुपमा लिदै यसकाे निरन्तरताकाे आश गरेका छन् ।