सुन्दरहरैचामा १०६ बेडका दुई क्वारेन्टाइन निर्माण, विदेशबाट फर्केका १६० जनाको जाँच तथा उपचार
- १६ चैत्र २०७६, आईतवार
मोरङको सुन्दरहरैचा नगरपालिकामा विदेशबाट आएका १६० जना भन्दा बढी व्यक्तीहरुलाइ चेकजाँच तथा उपचार गरिएको छ ।
कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंकामा उनीहरूलाई पुर्वाञ्चल विश्वविधालय गोठगाउंँमा जांँच गरिएको हो । नगरप्रमुख शिव प्रसाद ढकालले जनतालाई नअत्तालिई घर भित्र बस्न आग्रह गर्दै नगरभित्र विदेशबाट कोहि व्यक्ती आएमा नगरपालिकालाई खबर गरी आफै पुर्वाञ्चल विश्वविधालयमा गएर उपचार गर्न समेत आग्रह गरेका छन् ।
नगरपालिकाले नगरवासीको सुरक्षाको निम्ति नगरभरी विभिन्न भाइरसको औषधि ( जस्तै सेनिटाइजर , लामखुट्टेको दबाई, डेङ्गुको औषधि ) छर्कने व्यवस्था गरेको नगरप्रमुख ढकालले बताए ।
उनले नगरभित्र सञ्चालनमा आएका सबै अस्पतालहरुमा रहेका डाक्टर नर्स साथै कर्मचारीहरुलाई संयमित र सुरक्षित रहेर सेवा गर्न आग्रह गरेका छन् । स्वास्थ्य संस्थाहरुमा रहेका डाक्टर तथा नर्सहरुलाई व्यक्तिगत सुरक्षा सम्बन्धी सामाग्रीहरु नगरले स्वास्थ्य शाखा मार्फत दिने उनले बताए ।
उनले हाल सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र पुर्वाञ्चल विश्व विधालय र दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राम गरि जम्मा १०६ बेडको क्वारेन्टाइन र आइसोलेसन बेड निर्माण भएको बताए ।
नगरपालिकाले पुर्वाञ्चल विश्वविधालयमा १८ बेडको क्वारेन्टाइन र १८ बेडको आइसोलेशन बेडको व्यवस्था गरेको छ । त्यसैगरी सुन्दरहरैचा नगरपालिका र दुर्गा देवी दुलाल स्पोर्ट्स ग्रामको सहकार्यमा स्पोर्ट्स ग्राममा ७० बेडको क्वारेन्टाइनको निर्माण गरिएको छ ।
लकडाउनबाट समस्यामा परेका नगरवासीहरुको लागि विधि र प्रकृया अपनाएर राहत वितरण गर्न लागेको समेत ढकालले बताए । जसका लागि नगरका १२ वटै वडाहरुलाई आफ्नो वडामा लगत संकलन गर्न थालिएको उनले बताए ।