१० हजार विपन्नलाई ८० लाख बराबरको खाध्य सामग्री बाँड्दै इटहरी उपमहानगरपालिका
- १८ चैत्र २०७६, मंगलवार
इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकहरुका लागि राहत वितरण गर्न वडाहरुमा खादयसमाग्री पठाउन थालेको छ ।
वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा सम्बन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत तथा खध्य सामग्री पठाइएको नगर प्रमुख द्धारिकलाल चौधरीले वताए । कोरोना लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एकहप्तालाई पुग्ने राहत वितरण थालिएको चौधरीले वताए ।
आइतबार वडा नम्वर १ र १७ को मुसहर वस्तिका विपन्न नागरिकलाई खादय समाग्री वितरण सुरु गरिएको थियो । इटहरी उपमहानगरले प्रत्येक वडामा चार चार लाख वरावरको राहत वितरण गर्ने निर्णय गरे अनुसार राहत वितरण थालिएको हो ।
वडाको सिफारिस अनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गरिने छ । वडाहरुले विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वडावासी नागरिकको लगत संकलन गरिसकेका छन् । वडा वडामा वितरणका लागि प्याकेजिडका कार्य सकेपछि ब्यवस्थित तरिकाले राहत वितरण गरिने छ ।
यसैबिच इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गरेको छ । नेपाल वैक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि इच्छुक ब्यक्ति तथा संघ सस्थाहरुलाई उपमहानगरले आग्रह गरेको हो ।