इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ब्यबशायीबाट थपियो १५ लाख बढी

  • २२ चैत्र २०७६, शनिबार

इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा  विभिन्न दाताहरुले १५ लाखभन्दा बढी सहयोगको घोषणा गरेका छन्  ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार भाटभटेनी सुपरमार्केट इटहरीका तर्फवाट संचालक मिन वहादुर गुरुडले पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन्  ।

यसैगरि टाटा सिप्रदी इटहरीले तीन लाख, प्रिमा ग्याँसको तर्फवाट शिव घिमिरेले दुईलाख, युवा उद्यमी मंच इटहरीका अध्यक्ष सुदीप घिमिरेले दुईलाख, पाथीभरा होटल इटहरीका इश्वर विष्टले एकलाख,क्लोथ हाउस इटहरीका नारायण राठीले एकलाख, आनन्द इण्डष्टिज प्रालिका मोती अग्रवालले एकलाख, जय शम्भु फुड इण्डष्टिजका चक्र वहादुर खडकाले एकाउन्न हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

यसअघि बिहीबार श्री कृष्ण प्रणामी प्रतिष्ठान इटहरीले एकलाख १ हजारको चेक प्रदान गरिसकेको छ । नेपाली काँग्रेस इटहरीले पाँच हजार केजी चामल र उद्योग वाणिज्य संघ इटहरीले दश हजार केजी नुन प्रदान गरिसकेको छ ।