२९ सय ९१ परिवारलाई घर घरमै पुगेर राहत वितरण गर्यो बेलबारी नगरपालिकाले

नगरपालिकाबाट एकैदिन १२ सय २९ परिवारले पाए राहत

  • २५ चैत्र २०७६, मंगलवार

बेलबारी नगरपालिकाले वडा नंं ९, ५ र ४ का १२ सय २९ परिवारलाई राहत वितरण गरेको छ ।

नगरपालिकाले राहतमा ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन तथा ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन, र एक डल्ला साबुन दिएको छ ।

आइतबार वार्ड नं २, ३, ६, ७, १० र ११ मा १७ सयभन्दा बढी  परिवारलाई राहत वितरण गरेको नगरपालिकाले मंगलबार १२ सय २९ परिवारलाई घर घरमा पुगी राहत बितरण गरेको नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुलीले बताईन् ।

उनका अनुुसार बेलबारी  नगरपालिकाले आइतबार र मंगलबार गरी २९ सय ९१ परिवारलाइ राहत बितरण गरिसकेको छ । बुधबार वडा नम्बर ८ र १ मा राहत बितरण गर्ने कार्यक्रम रहेको बेलनारी नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीले बताईन् ।

टाेल विकास संस्था मार्फत राहत बितरण पाउनेहरुको नामावली छनाैट गरिएकाे र सम्बन्धित पक्षहरूसँग बसेर छलफल समेत गरी  राहत पाउनेहरुको अन्तिम नामावली तयार गरिएकोले राहत बितरणमा एकरुपता  भएको नगरपालिका उपप्रमुख पराजुलीले जानकारी दिइन् ।