स्थगित हुने भए नयाँ बर्षमा लाग्ने मेला र पर्व, नपाइने भो घुम्न जान पनि

  • २९ चैत्र २०७६, शनिबार

यसपटकको नयाँ बर्ष २०७७ मा विभिन्न ठाउँहरुमा घुमघाम गरेर रमाइलो गर्न नपाइने भएको छ ।

कोरोना रोगको महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन जारी नै रहेकोले यसपाली घरमै बसेर नयाँ बर्ष मनाउनुपर्ने भएको हो ।

यसपटक नयाँ बर्षमा लाग्ने मेलाहरु स्थगित हुने भएका छन् भने विभिन्न चाडपर्व पनि यसपाली घरमै सिमित हुने भएका छन् ।

यसैबीच कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिले नगर क्षेत्रभित्र लाग्ने मेला, चाडपर्व र नयाँ बर्षमा हुने जमघट हुन नदिने निर्णय गरेको छ ।

शनिवार बेलबारी नगरपालिकाका नगर प्रमुख तथा केरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो ।

नयाँ बर्षमा पर्यटकीय क्षेत्रहरुमा भिडभाड हुनसक्ने भएकोले त्यसलाई समेत लक्षित गरेर समितिले यस्ता निर्णयहरु गरेको समितिले जनाएको छ ।
बैशाख १ गते बेलबारीका विभिन्न स्थानमा मेलाहरु समेत लाग्ने गरेका भएपनि यस बर्ष ती मेलाहरु लगाउन पाइने छैन ।

स्तै बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ । नगरपालिकाले ३ हजार ९सय ४८ परिवारलाई राहत वितरण गरीसकेको छ ।