कोरोना भाइरसको परिक्षण गर्नेभो बेलबारी नगरपालिकाले पनि 

  • ३० चैत्र २०७६, आईतवार

मोरङको बेलबारी नगरपालिकाले २०७७ बैशाख १ गतेदेखि  कोरोना भाइरसको परिक्षण गर्ने भएको छ ।

स्वास्थ्य सामाग्री अभाव भइ परिक्षण गर्न समस्या भइरहेका बेला बेलबारीले भने निशुल्क कोरोनाको परिक्षण गर्ने भएको हो ।
परिक्षणका लागि चाहिने आवश्वयक स्वास्थ्य सामाग्रीहरु ल्याइसकेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । नेपाल भन्दा बाह्य देशबाट आएका तथा संकास्पद ब्यक्तिहरुको परिक्षण गरीने मेयर सुवेदीले बताए । उनले नगरवासीहरुलाई लकडाउनको पालना गर्न समेत आग्रह गरेका छन् ।

द्रुत निर्धारण परिक्षणद्धारा रोगको पहिचान गरीने नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार परिक्षण गरीएको १५ मिनेटमा नै नतिजा आउंँछ । परिक्षणका लागि आवश्यक जनशक्ति समेत तयारी अबस्थामा राखीएको नगरपालिकाको कार्यालयले जनाएको छ ।