कोरोना उपचार केन्द्र बन्नेभो पुर्वान्चल विश्व बिद्यालय गोठगाउँ पनि

  • १६ बैशाख २०७७, मंगलवार

प्रदेश सरकारले सुन्दरहरैंचास्थित पुर्वान्चल विश्व बिद्यालयमा कोरोना उपचार केन्द्र निर्माण गर्ने भएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा केहि दिन भित्रै अस्पताल संचालन हुने भएको हो ।प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश सांसद राजकुमार ओझा, मोरङका सिडिओ भुजेल, सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङ लगायत सेना र प्रहरीको टोलीले सोमबार विश्व विधालयको पुर्वाधार र वातावरणको स्थलगत अवलोकन गरेको छ ।

प्रदेश सरकारद्वारा मोरङको टाँढी स्थित खुल्ला चौरमा आपतकालीन स्थापना गरिएको कोरेनटाइन समेत विश्व विधालयमा सार्ने तयारी भएको छ । हावाहुरी र नजिकिदै गरेको बर्खा याममा खुल्ला स्थान उपयुक्त नहुने भएकाले विश्व बिद्यालयको भवनमा कोरेनटाइन सार्न लागिएको हो ।

कोरोना संक्रमित बिरामीहरुलाई अवस्था हेरेर विश्व बिद्यालयमा उपचार हुनेछ । सो स्थानमा मध्यम तथा न्यून जोखिम भएका संक्रमित बिरामीको उपचार गरिने व्यवस्था गरिएको छ भने उच्च जोखिम भएकाहरुलाई धरान घोपा वा कोशी अञ्चल अस्पताल पठाइने भएको छ ।

कोरोनाको उच्च जोखिमबाट सुरक्षा सतर्कता अपनाउन उक्त अस्पताल निर्माण गरिन लागेको सामाजिक बिकास मन्त्री जीवन घिमिरेले वताए । कोरोना नियन्त्रण र न्यूनीकरणका लागि प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गर्दै भैपरी आए पुर्वी क्षेत्रका कोरोना संक्रमित विरामीलाई उपचार गराउन सहज हुने उनले वताए ।

सो क्षेत्रका प्रदेश सांसद राजकुमार ओझाको विशेष पहलमा प्रदेश सरकारद्वारा निर्माण हुन लागेको उपचार केन्द्रमा आइसुलेसन र कोरेनटाइनको राम्रो व्यवस्था गरिने भएको छ । भेन्डिलेटर समेतको व्यवस्था हुने गरी अस्पताल निर्माण गर्न आफुले पहल गरिरहेको सांसद ओझाले वताए ।

साथै विश्वबिद्यालय का उपकुलपति यादवराज कोइरालाले हालको भयावह स्थितिमा महामारी नियन्त्रणका लागी विश्व बिद्यालयले जस्तोसुकै सहयोग गर्न तयार रहेको वताए । अस्पताल निर्माणको काम नेपाली सेनाले मङ्लबार देखि नै सुरु गर्ने जनाइएको छ ।