तिर्नु नपर्नेभो बेलबारीबासीले एक महिनाको खानेपानी महशुल
- १९ बैशाख २०७७, शुक्रबार
बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनको मारमा परेका आफ्ना उपभोक्तालाई १ महिनाको न्युनतम महसुल छुट दिने भएको छ ।
संस्थाले २०७७ बैशाख महिनाको न्युनतम महसुल छुट गर्ने घोषणा गरेको हो । लकडाउनका कारण रोजगार, व्यापार व्यवसाय लगायतका आयआर्जनका काम गर्न नपाएका उपभोक्तालाई राहत दिने उद्देश्यले छुट दिने निर्णय गरेको संस्थाका अध्यक्ष महेन्द्र सुवेदी र सचिव अम्बरबहादुर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । छुट हुुने रकम करिब ३ लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ ।
संस्थामा व्यक्तिगत तथा संस्थागत गरी १ हजार ६ सय ५० भन्दा धेरै उपभोक्ताहरुको न्युनतम शुल्क छुट गर्दा करिब ३ लाख रुपैयाँ बराबरको रकम छुट हुने संस्थाका अध्यक्ष महेन्द्र सुवेदीले जानकारी दिए ।
व्यक्तिगत तर्फको न्युनतम शुल्क १ सय ५० रुपैयाँ र संस्थागत न्युनतम शुल्क ३ सय रुपैयाँ रहेको छ । न्युनतम भन्दा माथि महसुल उठेको भएमा सो रकम भने उपभोक्ताले तिर्नुपर्नेछ ।
छुट घोषणा गर्न आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष मोहन गुरुङ, सचिव अम्बरवहादुर सुवेदी, कोषाध्यक्ष प्रताप थापा, सदस्यहरु रुक्मीणी धिमाल, भगवती श्रेष्ठ, माधव थापा, होम पिठाकोटे लगायत सहभागी थिए ।