मेरी बास्सै ! इटहरीमा कम तौल र म्याद गुज्रिएका समान पनि वेच्दा रैछन् ब्यापारीले

  • २ जेष्ठ २०७७, शुक्रबार

इटहरी । इटहरीमा कम तौल र म्याद गुज्रिएका समान समेत वेच्न राखिएको पाइएको छ ।

उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले खाद्यान्न पसलहरुमा गरेको वजार अनुगमनका क्रममा त्यस्तो पाइएको हो । उपप्रमुख गौतमका अनुसार पोका पोका वनाएर राखेका खाद्यसमाग्री जोखेर हेर्दा तौलमा कमी पाइएको हो ।

त्यस्तो समान विक्री वितरण नगर्न चेतावनी दिइएको पून विक्री गरेको पाइए कारवाही गरिने गौतमले बताइन् । केही दिनदेखि इटहरी क्षेत्रमा विहान ७ बजे देखि १० बजेसम्म पसल खोल्न थालिएको छ । इटहरी उपमहानगरले निरन्तर वजार अनुगमन गर्दै आएको र अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको  छ ।