७५ जना कृषकहरुलाइ कोरली गाई बितरण गर्दै इटहरी उपमहानगरपालिका, कृषकहरु दंग
- ९ जेष्ठ २०७७, शुक्रबार
इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन्।
इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्वर २० का २५ जना कृषकलाई सतप्रतिशत अनुदानमा २५ वटा कोरली गाई वितरण गरे । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले वताए ।
अव वडा नम्वर १ र २ का ५० जना कृषकलाई पनि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ । यो कार्यले इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमहानगरको अभियानमा सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ ।
उपमहानगरले वडा नम्वर १,२ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमहानगरको आन्तरिक श्रोतबाट कोरली गाइ बितरण कार्यक्रमका लागि २० लाख वजेट विनियोजन गरिएको थियो ।