राजमार्ग र बस्ती जोगाउन बुढीखोला किनारमा तटबन्ध गर्दै सुन्दरहरैंचा नगरपालिका
- १३ जेष्ठ २०७७, मंगलवार
केशु विरही, सुन्दरहरैचा (मोरङ) मोरङको सुुुन्दरहरैैंचा नगरपालिकाले सुनसरीको इटहरीसँँग सिमाना जोडिएको बुढी खोलामा तटबन्धको काम शुरु गरेको छ ।
बुढी खोलाको पूर्व पट्टिको क्षेत्रमा राजमार्ग किनार आसपास सुन्दरहरैंचा नगरपालिकाले तटबन्ध निर्माण कार्य सुरु गरेको हो ।
खोला नजिक रहेको बस्ती तथा पुुुर्व पश्चिम राजमार्गलाई बुढीखोलाको बाढीबाट जोगाउन नेपाल सरकार जल उत्पन्न कार्यालयको ६७ लाखको लागतमा सुन्दरहरैंचाले तटबन्ध निर्माणको काम सुरु गरेको हो । नयाँ तटवन्ध पुरानो तटबन्ध भन्दा ४ फिट छोडेर पुर्व तर्फ किनारामा डुङ्गा जाली लगाउने काम गरिएको भएपनि इटहरी उपमहानगरपालिकाले विवाद गर्न खोजेको सुन्दरहरैंचा वडा नम्बर ४ का वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।
बुढीखोलाको बुढीपुलदेखि पूर्वदक्षिण तर्फ सुन्दरहरैंचाले तटबन्ध निर्माण गर्दै गरेको बेलावमा इटहरीको मेयर तथा उपमेयर लगायतको टिमले काममा अबरोध गरेकोपछि दुई स्थानीयपालिकाको विवाद चुलिएको हो ।
सुन्दरहरैँचातर्फको जमनिमा काम भैरहेको बेलामा इटहरीका मेयर द्वारिकलाल चौधरी सहित उपमेयर लक्ष्मी गौतमको टोलीले निर्माण कार्य रोक्न दवाब दिंँदै काममा अवरोध गरेका थिए ।
काम भैरहेको बेलामा नगर प्रहरीसहित त्यहाँ पुगेर स्थानीय र काम गरिरहेका मजदुरमाथि मेयर र उपमेयरको टिम आक्रामक शैलीमा प्रस्तुत भएको सुन्दरहरैंचा वडा नम्बर ४ का वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । सुनसरीका जनप्रतिनिधिलाई मोरङमा बिबाद गर्न आउने अधिकार नभएको र यसरी जनतालाई त्रसित पार्ने गतिविधि तत्काल रोक्नुपर्ने उनी बताउँछन् ।
विशेष गरेर बस्ती जोगाउनतर्फ लागेको सुन्दरहरैंचा नगरपालिकामाथि इटहरी उपमहानगरपालिकाले दादागिरी शैलिमा अबरोध गरेकोकोमा आफूहरुलाई मन नपरेको स्थानीय बताउछन् ।
यता इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम भने दुई स्थानीय तह बीचको सिमानामा काम गर्दा समन्वय हुनुपर्नेमा जानकारी नदिई कार्य गर्दा इटहरी नगरपालिकाले चासो राखेको बताउछिन् ।
देशमा नेपाल र भारतविच सिमा विवाद चर्किएकै बेलामा यसरी छिमेकी स्थानीयपालिकाविचको बिवाद वार्तामा वसेर सुल्झाउनु जरुरी छ ।