बजेटमा धनकुटालाई उपेक्षा गरिएको भन्दै धनकुटेलीहरुको असन्तुष्टि

  • १८ जेष्ठ २०७७, आईतवार

प्रस्तुत गरेको बजेटमा धनकुटालाई नसमेटको धनकुटेलीहरु असन्तुष्ट बनेका छन् ।

प्रविधिको प्रयोग गर्दैैै जुम मार्फत बजेट सम्वन्धि अन्र्तक्रिया तथा छलफल गर्दै प्रस्तुत बजेटमा धनकुटाका लागी कुनै नयांँ र ठूलो योजनाहरु नआएका र धनकुटालाई उपेक्षा गरिएको भन्दै आक्रोस पोखेका हुन् ।

प्रविधिको प्रयोगगर्दैैै जुम मार्फत नेपाली कांग्रेस धनकुटाले गरेको  बजेट सम्वन्धि अन्र्तक्रिया तथा छलफलमा बजेटमा धनकुटाका लागि कुनै नया र ठूलो योजनाहरु नआएका र धनकुटालाई उपेक्षा गरिएको भन्दै सहभागीले आक्रोस पोखे ।

पूर्व मन्त्री एवम्  नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य महेन्द्र यादवले  सरकारले  कुनै नौलो किसिमको बजेट नल्याएको वताउंँदै कोरोनाका कारण लाखौ यूवा बेरोजगार हुने भएकाले यूवाहरुलाई रोजगारी दिन वा स्वरोजगार बनाउन  बिशेष योजना सहितको बजेट ल्याउनु पर्नेमा त्यस्तो नभएको बताए ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवद्धन गर्ने र रोजगार तथा स्वरोजगार स्थापना गर्ने योजना नआएकोले बजेट चुनावी मुखी जस्तो भएको वताए ।

राष्टिय योजना आयोजकका पूर्व उपाध्यक्ष डां जगदिचन्द्र पोखरेलले  बजेटमा महामारीले प्राथमिक्ता नपाएको बताए ।
मुलुककमा दिन प्रतिदिन फैलदै गएको कोरोना भाईरसको महामारी लामो समयसम्म जान सक्ने भए पनि त्यसमा खासै

ध्यान नदिइएको बताए । वरिष्ठ अर्थ बिद समेत रहेका डा. पोखरेलले बिकास निर्माण लगायत अन्य आयोजना तथा योजनाहरु अरु बेला पनि संचालन गर्दा हुने भएकोले महामारीसंग लड्न सक्ने प¥याप्त बजेट व्यवस्था नगरेकोले सरकार दुरगामी नरहेको बताए । कोरोना भाईरसका उपचारका लागि औषधी लगायत स्वास्थ्यकर्मीहरुलाई सुरक्षित समाग्रीहरु ,व्यवस्थित आईसुलेसन वार्डहरु निर्माण गर्नका लागि बजेट प¥याप्त ब्यवस्था गर्नु पर्नेमा ६ अरव मात्र छुट्याएर सरकारले अर्कमर्णता प्रस्तुत गरेको वताए । पोखरेलले स्वदेशमा नै रोजगार तथा स्वरोजगार स्थापना गर्नका लागि पहिलो प्राथमिक्ता दिई बिशेष रुपमा बजेटको व्यवस्था गर्नु पर्नेमा त्यसो नभएको बताए  ।

कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति हरी अधिकारी, जिल्ला सदस्यहरु निर्मल ओझा, विष्णु पौडेल, सुमना तिम्सिना, नेपाल धन राई, हर्कमान चेम्जोङ्ग, निर्वाचन क्षेत्र कार्य समितिका (क) का सभापति जितेन्द्र राई,सविच खड्ग लिम्बु, महाधिवेशन प्रतिनिधि उदय लिम्बु, सहिदभूमी गाउपालिकाका सभापति तिर्थ राई, धनकुटा -काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापा, पाख्रिवास नगर कार्य समितिका कोषाध्यक्ष विर वहादुर थापा, नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका अर्थ महासचिव राम कुमारी भण्डारी लगायतको सहभागिता थियो ।

त्यसैगरी कार्यक्रममा गोकुण्डेश्वर बाल मन्दिर माविका प्रधानाध्यापक दामोदर मिश्र, प्रदेश प्रतिनिधि राजेन्द्र खड्का, धनकुटाका अर्थ सचिव रोहीणी पाण्डे, सहसचिव शोभा वराल, शिक्षक संघ धनकुटाका पूर्व सचिव हरी दाहाल, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाल विद्यार्थी संघ धनकुटा- काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष सविन पोखरेल, पूर्व विद्यार्थी नेता बुद्धी कटुवाल, हरीराज गौतम, नेपाली कांग्रेस धनकुटाका नेता श्री चापागाई लगायतको प्रत्यक्ष सहभागीता थियो ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागाीहरुले बजेटले धनकुटालाई नसमेटेको धनकुटाका लागि कुनै महत्वपूर्ण योजनाहरु नआएको आरोप लगाउदै सरकार विरुद्ध आक्रोस व्यक्त गरेका थिए ।