मनकारी देखिए धनकुटाका घरधनीहरु, तीन सयभन्दा बढीले मिनाहा गरे घरभाडा

  • २३ जेष्ठ २०७७, शुक्रबार

धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा अभियानका क्रममा ३ सय जना भन्दा बढीले घरभाडा मिनाहा गरेका छन् ।

लक डाउनको अबधिमा  उद्योग, ब्यावसाय तथा व्यापार बन्द भएपछि संकटमा परेका ब्यबशायीहरुलाइ राहत होस् भनेर उनीहरूले घरभाडा मिनाहा गरेका हुन् ।  धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा अभियान संचालन गरी घर धनीहरुलाई घर भाडा मिनाहा गर्न अनुरोध गरीपछि उद्याेग बाणिज्य संघका पदाधिकारी, पुर्व पदाधिकारी, खेेलाडी, कलाकार, नागरिक समाजका अगुवा लगायत हालसम्म ३ सय भन्दा बढी घरधनीहरुले आज सम्म घर भाडा मिनाहा गरेको धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णराज श्रेष्ठले वताए ।

घरभाडा छुट दिनेहरूमा, धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं. १ का निर्वाचित वडा सदस्य ललाचन्द्र गोङ्वा तामाङ, पूर्व राष्टिय खेलाडी तथा कलाकार पियुस श्रेष्ठ तथा आशा देवान श्रेष्ठ, नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागाई, हिले बजारका लक्ष्मी लाम्मिछाने, कृष्णराज जोशी, लक्ष्मीदेवी जोशी, किरण कुमार शाक्य, केशर वहादुर थापा, छेकु तामाङ, वीर वहादुर विसंखे, धनकुटा नगरपालिका वडा नं. ६ का गंगादेवी खड्गी, शिखर श्रेष्ठ, हरी कुमार श्रेष्ठ लगायत छन् ।

धनकुटा उद्योग बाणिज्य संघको आव्हान तथा अनुरोधमा धनकुटा नगरपालिका वडा नंं ५ तल्लो कोप्चेका त्रिभुवन श्रेष्ठ ,वडा नं. ६ विचबजार भिमसेन चौकका पूर्णकृष्ण श्रेष्ठ, वडा नंं ७ मदनचौकका पुष्कर प्रसाद जोशी लगायत धनकुटा बजारका ८७ जना भन्दा बढीले घर भाडा मिनाहा गरिसकेको धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले जानकारी दिइन् ।

यसअघि पर्यटकीय तथा व्यापारिक हवको रुपमा रहेको धनकुटा नगरपालिका वडा नं. १ हिलेका हेम कुमारी लिम्बु, थाम वहादुर लिम्बु, जंग क्षेत्री, निर वहादुर गोङ्देन , धन वहादुर मोक्तान (डि.बीं), कौशिला बमजन, विष्णु मोक्तान, बिना देवी घिसिङ, बम बहादुर योञ्जन, जमुना घिसिङ योजञ्जन, शुभ चन्द्र मोक्तान, दुर्गादेवी घिसिङ लगायत १७ जना घर धनीहरुले घर भाडा मिनाहा गरिसकेका छन् ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र सुखकला राईले तथा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले घर भाडा मिनाहा गरेका धनकुटा उद्योग बाणिज्य संघका सचिव राम रायोमाझीले वताए ।

व्यापारी तथा व्यवसायीहरुले व्यापार गरेर कमाएको पैसाले भाडा तिर्ने घर व्यवहार चलाउने भएको तर व्यापार लक डाउनको कारणले पसल दूई महिना भन्दा बढी समयदेखि ब्यापार बन्द भएकोले मानवीय नाताले पनि आफुहरुले लक डाउन अवधिको पुरै घर भाडा मिनाहा गरिदिएको पूर्व राष्टिय खेलाडी तथा कलाकार पियुस श्रेष्ठ र किरण कुमार शाक्यले वताए ।

ब्यापारी तथा व्यावसायीहरुलाई संकट तथा दुखको अवस्थामा मानवीय नाताले सहयोग गर्ने क्रममा धनकुटा जिल्लाभरीगरी अहिले सम्म ३ सय २५ जना भन्दा बढीले घर भाडा मिनाहा गरिसकेको र करीव ४ जना घर धनीहरुले घर भाडा मिनाहा गर्ने प्रतिवद्धता जनाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
धनकुटा उद्योग बाणिज्य संघले धनकुटा नगरपालिकाको धनकुटा बसर्पाकमा रहेको व्यापारिक भवनहरुका साथै धनकुटाबजारको र हिलेबजारको विहिवारे हटियाको भाडा तथा कर र धनकुटा अस्पतालको व्यापारिक भवनहरुमा रहेको पसलहरुको समेत घर भाडा छुट गरीदिन धनकुटा नगरपालिका र धनकुटा अस्पतालाई विकास समितिलाई पनि आग्रह गरेको छ ।