प्रदेश सरकारका कारण बिवादमा पर्यो मङ्गलबारे अस्पताल, नाम परिवर्तन नगर्न दवाब

  • ३० जेष्ठ २०७७, शुक्रबार

केशु विरही, मङ्गलबारे, मोरङ /प्रदेस सरकारले मोरङ उर्लाबारी –३ मङ्गलबारेमा रहेको मङ्गलबारे अस्पतालला्ई ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने निर्णय गरेेेपछि केही दिनयता  विरोधका आवाजहरु बढ्न थालेका छन् ।

लकडाउनकै बीच प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मंगलबारे अस्पताललाई स्तरोन्नति गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय गरेपछि स्थानीयवासी र कतिपय दलले मंगलबारे नाम मेट्न नपाइने भन्दै असन्तुष्टि जनाइरहेका छन् ।  

नेपाली कांग्रेसले नेकपाले अस्पतालको नामकारण विषयमा नेकपाले राजनीति गरेको ठहर गर्दै विज्ञप्ति निकालेर कडा रुपमा उत्रने घोषणा गरेको छ । भने अहिले यही विषयलाई लिएर अहिले उर्लाबारीमा दैनिकजसो मङ्गलबारेको विषयलाई लिएर आन्दोलन भैरहेको छ ।

  नेपाली कांग्रेस उर्लाबारीका सभापति वीरबल थापाको संयोजक्त्वमा सर्वदलीय संघर्ष समितिको गठन गरिएको छ ।   उर्लाबारी नगरपालिका वाडा नं ३ का वाडाध्यक्ष एवम नेका नगरसभापति विरवल थापा प्रदेस सरकारले स्थानीय जनताको भावना विपरित ल्याएको यो निर्णया आफूहरुलाई अमान्य हुने बताए  ।  

स्थानीयहरुले मङ्गलबारे अस्पतालको स्तरउन्नति हुनु पर्छ तर यसको नाम भने परिवर्तन गर्न नपाईले अडान राख्दै आएका छन । स्थानीय भिम थापाले सरकारले यो निर्णय नवदलेसम्म आन्दोलन जारी रहने बताए ।   स्थानीय प्रकाश चन्द्र थापा यस्तो विषम परिस्थितिको समयमा जनतालाई राहात दिनुपर्ने ठाउँमा प्रदेश सरकारले जनतालाई आन्दोलनमा उत्रन वाध्य वनाएर अाहात दिएकाे बताउछन् ।  

त्यस्तै अर्का स्थानीय रोहित कार्की मंगलबारे नाम आफूहरुको पहिचान भएकोले यसको नाममा निर्माण भएकाे अस्पतालकाे नाम परिवर्तन गर्न नहुने विचार राख्छन ।  

उता नेकपा उर्लाबारीले नेकाले यसलाई राजनीति गरेको आरोप लगाएको छ । उसले प्रेस विज्ञप्ति नै निकालेर मंगलबारे अस्पतालको श्रीवृद्धिका लागि प्रदेश सरकारलाई धन्यवाद दिँदै कांग्रेसलाई नामको विषयमा राजनीति नगर्न भन्दै घुमाउरो शैलीमा चेतावनी दिएको छ । मङ्गलबारे अस्पतालकाे नाम परिवर्तन र त्यसबाट उव्जिएकाे अवस्थाकाे वारेमा कुरा गर्दै स्थानीय समेत रहेका नेकपा जिल्ला कमिटि सदस्य गंगा बास्तोला यसलाई नेकाले राजनीति गरिरहेकाे, त्यहाँ स्थानीयको विरोध नभएर नेका निकट केही मानिसहरुले मात्र विरोध गरेको बताउछन । उनी विरुध गर्नुकाे कुनै तुक नरहेकाे विराेध गर्नेहरु पनि चाँडै सहमतिमा आउने विस्वास व्यक्त गर्छन ।

प्रदेश सरकारले मंगलबारे ट्रमा अस्पतालको नाम परिवर्तन गर्दै ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने भनेपछि स्थानीयहरूले अस्पतालको नाम परिवर्तन नगर्न माग राख्दै स्थानीयले आन्दोलन गर्दै आएका छन् । नाम परिवर्तनबाट आक्रोसित भएका स्थानीयले बिहीबार प्रदेश सरकारको विरोध गर्दै मुख्यमन्त्री शेरधन राईको पुत्लासमेत दहन गरेका थिए ।

प्रदर्शनकारीले प्रदेश सरकारले अस्पतालको विकासका नाम ‘गिभ एन टेक’ गर्दै नामलाई राजनैतिककरण गर्न खोजेको आरोप लगाएका छन् । प्रदेश सरकारले स्थानीय तहसँग नाम परिवर्तन सम्बन्धमा कुनै छलफल नगरेको बताइएको छ ।  अस्पताललाई स्तरोन्नती गरेर नाम परिवर्तन गर्दा भूगोलसँग जोडिएको अस्पतालको पहिचान मेटिने भन्दै त्यसो नगर्न स्थनीयले प्रदेश सरकारसँग माग गरेका छन् । उनीहरूले प्रदेश सरकारलाई मंगलबारे अस्पतालकै नाममा बजेट ल्याउन आग्रह गरेका छन् ।  

प्रदेश सरकारले प्रस्तुत गरेको २०७७/७८ को नीति तथा कार्यक्रममा अस्पताललाई नाम ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’को रूपमा विकास र स्तरोन्ति गर्ने भनेको छ । त्यस विषयलाई लिएर मंगलबारेका स्थानीयले नाम परिवर्तन नगर्न माग राख्दै प्रदर्शनमा उत्रेका हुन् । स्थानीयले अस्पतालका नाम परिवर्तन गर्नभन्दा उर्लाबारीभित्रै अर्को स्थानमा नयाँ अस्पताल सञ्चालनमा ल्याउन माग  गरेका छन् ।  

।  

प्रदेश सरकारले पालिकासँग यस विषयमा कुनै समन्वय सुझाव नलिएको उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मदेवि भण्डारीले बताइन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको ठूलो क्षेत्रफल राजमार्गको दक्षिणतर्फ रहेको र त्यहाँ अस्पताल बनाउन नाम राख्नुपर्ने अवस्था रहेको उनले बताइन्  ।  

२०४९ मा स्थापित भएको १५ शैड्ढयाको यस अस्पताललाई ५० शैड्ढयामा स्तरोन्नतीसहित प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गरेको छ । ट्रमा सेन्टरका लागि गत आर्थिक वर्ष २ करोड रुपैयाँ बराबरको आवश्यक उपकरणसमेत खरिद भइसकेको अस्पतालले जनाएको छ ।

पछिल्लो समय सानोभन्दा सानो उपचारका लागि पनि स्थानीयहरुले विराटनगर वा विर्तामोड धाउनु पर्ने वाध्यता छ