भवन बनिसकेको लामो समयसम्म पनि सरेन मालपोत, स्थानीय भन्छन- जुनसुकै सर्तमा नयाँ भवनमा सर्नुपर्छ”

मालपोत प्रमुख भन्छन् - 'निर्माण सम्पन्न भएको कागजात नपाउनाले सार्न सकिएन'

  • ४ असार २०७७, बिहीबार

निर्माण कार्य पूरा भएकाे लामाे समय वितिसक्दा पनि मालपाेत कार्यालय नसर्दा स्थानीय अाक्राेसित : स्थानीय भन्छन- जुनसुकै सर्तमा पनि मालपाेत कार्यालय नयाँ भवनमा सर्नु पर्छ”

केशु विरही/ बेलबारी, माेरङ/ लामाे समय देखि निर्माणकार्य पूरा भएर पनि बेलबारीमा रहेकाे मालपाेत कार्यालय नयाँ भवनमा नसरी पुरानै भाडाकै भवनबाट कार्यालय संचालन भैरहँदा र्स्थानीय जनता अाक्राेसित भएका छन् ।

कूल ४ करोड ९८ लाख ८१ हजार ५ सय ४९ रुपैयाँ ६९ पैसामा एके एन्ड गान्वा कन्स्ट्रक्सन प्रालि शान्तिनगर काठमाडौंले भवन निर्माण गर्ने ठेक्का पाएको थियो । सम्झौता अनुसार मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ १८ गते हस्तान्तरण गर्नुपर्ने थियो ।

नाकाबन्दी तथा भूकम्प लगायतका विभिन्न कारण देखाउँदै भवन निर्माणको म्याद पटक पटक थप गरिएको थियो । २०७१ जेठ १९ गते सम्झौता भएपछि निर्माण थालिएको भवन करिब ५ बर्षपछि २०७६ मा निर्माण कार्य पूरा भए पनि भवन प्रयाेगमा अाउन नसक्दा स्थानीयहरु अाक्राेसित भएका हुन् ।

२०७१ देखि अहिले सम्ममा पटक पटक गरेर सम्झाैता थपिदै अाएकाे छ । तर चारपटक सम्म सम्झाैता थपिदा पनि ठेक्का बराबरकाे काम हुन सकेकाे देखिदैन । भने निर्माण सम्पन्न भैसकेकाे भवन पनि गुणस्तरहिन कामका कारण भवन प्रयाेगमा नअाउदै जिर्ण अवस्थामा पुगेकाे देखिन्छ ।

यसरी भवन बनिसक्दा पनि भाडामै कार्यालय चलिरहँदा भने विभिन्न सवालहरु उव्जिएका छन । कतै मिलेमताेमा राज्यकाेशकाे दाेहन त भएकाे छैन भन्नेहरु पनि छन ।

 

केहीदिन अघि मात्र नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीकाे नेतृत्वमा नकपाका प्रदेश कमिटि सदस्य डिपि राई लगायतकाे नेकपाकाे टाेलीले मालपोत कार्यालय बेलबारीमा पुगेर कार्यालय प्रमुख याेगेन्द्र दुलालसँग नयाँ भवनमा कार्यालय सर्न नसक्नुकाे कारण वारे जानकारी लिएकाे थिए ।

 

राज्यकाे कराेडाैँकाे लगानीमा तयार भएकाे नव निर्मित भवन उपयोग विहीन हुँदा राज्यले अनावश्यक व्ययभार बोक्नु परेको कारण नयाँ भवनमा कार्यलय चाँडाे सार्न कार्यालय प्रमुखलाई माथिल्लाे निकायमा जानकारी गराउन अनुराेध गरेका थियाे ।

 

नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी मालपाेतकाे नयाँ भवन बनिसकेकाे अवस्थामा कार्यालय भाडामै, त्यसमा पनि काेराेना बेलामा कार्यालय भिडभाडमा संचालन हुँदा काेराेनाकाे थप जाेखिम वढ्ने बताउछन ।

 

मालपाेत कार्यालय बेलबारीका प्रमुख याेगेन्द्र दुलाल भने शहरी विकास आयोजनाले निर्माण सम्पन्नताको कागज नदिएको हुँदा कार्यालय स्थानान्तरण गर्न कठिनाई भएको बताउँछन् । साथै उनी ताल्लुक राख्ने मत्रालयबाट संचालन अनुमति पाए अाफू नयाँ भवनमा कार्यालय संचालन गर्न तयार रहेकाे बताउँदै उनी घुमाउराे पारामा यसका लागि राजनैतिक नेतृत्व तयार रहनु पर्ने बताउछन ।

 

उता नेपाली काङ्ग्रेस महासमिति सदश्य महेन्द्र सुवेदी भने भवनकाे निर्माण कार्य पूरा भैसक्दा पनि कार्यलय नसरेकाेमा दुखित भएकाे बताउदै यसमा वर्तमान सरकारकाे असक्षमता भएकाे बताउन समेत पछि पर्दैनन् ।

 

स्थानीयहरु भने जतिसक्दाे चाँडाे मालपाेत कार्यालय नयाँ भवनमा सराेस भन्ने चाहन्छन् । उनीहरुकाे एउटै माग रहेकाे छ मालपाेत कार्यालय नयाँ भवनमा सर्नु पर्छ ।

जनताकाे करबाट बनेकाे नयाँ भवनमा कार्यालय नसरी भाडाकै भवनमा कार्यालय संचालन हुँदा राज्यलाई दाेहाेराे अार्थिक भार परेकाे मात्र नभर काेराेनाकाे जाेखिम पनि त्यतिकै बढिरहेकाे छ । अब मत्रालयले ठेकेदारलाई र डेकेदारले प्राविधिकलाई दाेस देखाएर भाग्ने अवस्था छ‌न । यसमा ढिलाई हुनुकाे मूख्य कारण खाेजेर दाेशीलाई कार्वाहीकाे दायरामा ल्याउनु राज्यकाे दायित्व हाे । विभिन्न बाहनामा जनतालाई मार्कामा पार्ने काम गरिनु किमार्थ उचित हुँदैन ।