जनयुद्धका घाईतेकाे पीडा : अपाङ्ग त भइयो नै, राज्यले पनि उपेक्षा गर्यो

  • २५ असार २०७७, बिहीबार

केशु विरही, केराबारी माेरङ/ केराबारी गाउँपालिका -९ कुसुमेमा रामबहादुर कार्कीलाई ती दिन सम्झिदा मात्र पनि कहाली लागेर आउँछ । कसरी बांचिएछ भन्ने लागेर आउंँछ । यसरी बाँचेर आईएला भन्ने उनलाई लागेकै थिएन ।

तत्कालीन माओवादी जनयुद्धकाे एउटा रिजर्भ फाेर्स काे कमाण्ड सम्हालेर पाँचथरकाे गाेपेटार प्रहरी चाैकिमाथि आक्रमण गर्ने क्रममा उनी घाईते हुन पुगे । उनलाई अहिले हिँडडुल गर्नसम्म पनि बैशाखीकाे सहायता लिनु पर्छ ।

बामपन्थी आदर्षमै रमाएकाे परिवारका सदस्य, लामाे समयकाे तत्कालीन नेकपा (एमाले)काे भातृसङ्गठनमा रहेर काम गरेका कार्की पार्टीमा माैलाएकाे पजेराे संस्कृति र पार्टी दक्षिणपन्थी भासमा डुवेकाे अनुभव भएपछि माओवादी जनयुद्धमा हाेमिन पुगे ।

सुकुना बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेलामा प्रहरीकाे निगरानी वढेपछि उनी २०५५ सालदेखि माओवादीकाे पूर्णकालीन राजनीतिमा हाेमिन पुगे ।

जनसङ्घर्ष तथा सङ्गठन विस्तारमा सक्रिय रहँदै गर्दा उनी अकस्मात २०५८ साल माघ १० राति १२ बजेदेखि सुरु भएकाे पाँचथरकाे गाेपेटारमा भएकाे आक्रमणमा घाइते हुन पुगे । घाईते भएर उनले लामाे समयसम्म घरपरिवारबाट टाढा मात्र हुनु परेन, उनले तत्कालीन शाही सेनाबाट जाेगिएर बाँच्न पाँच दिनसम्म जङ्गलमै बास विताउनु पर्याे ।

यति धेरै सङ्घर्ष गरेर ल्याएकाे गणतन्त्र संस्थागत हुन नसक्दा भने उनी साह्रै दुखित देखिन्छन् । पनि लामाे सङ्घर्षबाट आएकाे पार्टीकाे सरकारले आफूहरुजस्ता जनयुद्ध र जनआन्दाेलनका घाईतेकाे सम्मान गर्नेमा आशा भने मारेका छैनन् । अहिले उनकाे गाेडाले राम्ररी काम गर्दैन । गाेडाले राम्ररी काम नगर्दा उनले बैशाखीकाे सहाराले जीवन विताईरहेका छन् ।

राज्य र माओवादीविच औपचारिक वार्ता भएसँगै जनयुद्ध राेकिन पुग्याे । राज्यले जायुद्ध र जनआन्दाेनका घईतेहरुकाे प्रमाणिकरण गरेर प्रकृति अनुसार श्रेणी विभाजन गरेर सुविधा पनि उपलव्ध गरायाे । तर त्याे प्रयाप्त नभएकाे उनीहरुकाे ठहर छ । उनी जनयुद्धका विशिष्ठ श्रेणीका घाईतेकाे सूचीमा परेकाेले स्याहार गर्नेलाई रु ६ हजार र घाईतेलाई रु ६ हजार गरी मासिक १२ हजार पाउँछन् । राज्यले उपलव्ध गराएकाे रकम अपुग भएकाे र यति रकमले महङ्गीमा केही नगर्ने हुनाले उक्त रकम बढाईदिए हुने थियाे भन्ने उनीहरुकाे माग  छ ।

उनी हाल नेकपा माेरङका सचिवालय सदस्य तथा केराबारीका अध्यक्षको जिम्मेवारीमा छन् । पुर्व सहयोद्दा सपाङ्ग कमरेडसँग बिवाह बन्धनमा रहेका कार्की पारिवारिक रूपमा भने खुसी छन् ।

उनी राजनीतिका साथसाथै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनी हाल आफूजस्तै जनयुद्धका घाईतेहरुकाे लागि काम गरिरहेका छन् । पार्टी, जनयुद्दका घाइते तथा अपाङ्ग महासंघ लगायतका काममा उनी दौडिरहेका हुन्छन् । प्रायजसो तीन चक्के स्कुटीमा यात्रा गर्ने राम सपाङ्गभन्दा कम छैनन् । उनी कहिलेकाहीँ आफैं स्कुटी कुदाएर काठमाडौसम्म पुग्छन् ।

राम कार्की एक ईमान्दार, सहयाेगी व्यक्ति रहेकाे स्थानीय भिम कार्की बताउंँछन ।

आफ्नाे ज्यानकाे प्रवाहै नगरी जनयुद्ध र जनआन्दाेनमा हाेमिएका रामबहादुर त एक प्रतिनिधि पात्र मात्र हुन । यस्ता थुप्रै रामबहादुर हरु राज्यले आफूहरुकाे याेगदानलाई बुझिदिए हुन्थ्याे भन्नेमा छन् । उनीहरु जस्ता योद्धाहरुकाे सङ्घर्षले गर्दा नै राजसंस्था ढालिएकाे भएपनि पुरै जीवन जनयुद्धमा विताएका व्यक्ति र तिनका परिवारकाे पीरमार्कालाई राज्यले सुन्नु र सम्बाेधन गर्न सकेको छैन ।